खुल्ला भलिबल प्रतियोगिता क्षेत्रपा कपको उपाधी शृजनाशिल युवा कल्ब यबोलाई

क्षेत्रपा ३ कात्तिक
दोलखाको बैतेश्वोर गाउपालिका वडा नम्बर ८ क्षेत्रपामा आयोजना गरेको खुल्ला भलिबल प्रतियोगीताको उपाधी शृजनाशिल युवा कल्ब यबोले जितेको छ ।

क्षेत्रपामा आज भएको फाइनल खेलमा शृजनाशिल युवा क्लबले क्षेत्रपाकै सोर्निम क्षेत्रवती युवा क्लबलाइ पराजित गर्दै प्रथम स्थान हात पारेको हो । तेस्तै खत्री क्लब तृतीय स्थान लिन सफल भएको छ । बिजयी टिमलाइ नगद पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र बितरण गरेको थियो । खेल क्षेत्रको बिकास गराउने उदेश्यले दशैको अबसरमा बैतेश्वोर गाउपालिका वडा न ८ को क्षेत्रपा वडा कार्यालयले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । वडा कार्यालयले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष रोहित खड्काले आइतबार उदघाटन गर्नु भएको थियो ।