दर्पण संवाददाता
चरिकोट असोज २३
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा बागमति प्रदेश सांसद बिशाल खडकालाई कोरोना संक्रमण भएको छ ।
दोलखाको निर्वाचन क्षेत्र क बाट प्रदेश सभामा निर्वाचित सांसद खडकालाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ‘सामन्य रुघाखोकी, हल्का ज्वरो र जिउ दुख्ने समस्यापछि चार दिनयता घरमै बसेको सांसद खड्कालाइ आज कोभिड परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । उहाँले यसबीचमा आफूसँग नजिकको सम्पर्कमा आएका सवैलाई पिसिआर परीक्षण गर्न पनि सुझाव दिनुभएको छ ।
‘यो बीचमा मेरो सम्पर्कमा आउनु भएका सवैलाई सावधानी अपनाउन र सरकारले तोकेको प्रोटोकल अनुसार लक्षण देखिए परीक्षण गर्न जान सहयोग होस भनेर सामाजिक सन्जाल मार्फत जानकारी गराएको बताउनु भयो ।
नेकपाका युवा नेता समेत रहनुभएका सांसद खडकाले कोरोनाले निकै गाह्रो पार्ने रहेछ भन्दै सचेत र सतर्क रहन सवैलाई अपिल पनि गर्नुभएको छ ।