योगदान राष्ट्रका लागि फाउन्डेसनद्वारा आयोजित रक्तदानमा ३७ जनाले गरे रक्तदान

दर्पण संवाददाता
चरिकोट असोज १५

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा चरिकोटमा आज खुल्ला रक्तदान कार्यक्रम भएको छ ।

योगदान राष्ट्रका लागि फाउन्डेसन दोलखाले आज आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छ्न । जिल्लामा रगतको अभाव न होस र रगत अभावका कारण कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसर पारी चरिकोटमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको योगदान राष्ट्रका लागि फाउन्डेसन जिल्ला संयोजक राजु थापाले बताउनु भयो ।
जिल्ला स्वास्थ कार्यालय को प्राङ्गणमा रेडक्रस सोसाइटी दोलखाको समन्वयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले कार्यक्रममा सहयोग गर्नेहरुलाइ प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कोरोना भाइरसका कारण रगतको अभाव हुन लागेको हुदा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रेडक्रस सोसाइटी दोलखाले प्रत्येक महिना विभिन्न संघसंस्थाको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।