दर्पण संवाददाता
क्षेत्रपा असोज ४
दोलखाको बैतेश्वोर गाउपालिका वडा नम्बर ८ क्षेत्रपाका पुराना कम्युनिस्ट स्व रोहित अधिकारिको १३ औं पुन्य तिथिमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
बैतेश्वोर गाउपालिका वडा नम्बर ८ का नेपाल कम्युनिस्ट पाटि वडा कमिटीको आयोजनामा क्षेत्रपा स्थित निजि निवासमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । कम्युनिस्ट नेता तथा समाजसेबि रोहित अधिकारिको भाद्र २३ गते उपचारका क्रममा काठमाडौं मा निधन भएको थियो । श्रद्धाञ्जली सभालाइ सम्बोधन गर्नुहुदै नेपाल कम्युनिस्ट पाटिका केन्द्रिय सदस्य तथा नेकपा दोलखाको इन्चार्ज देबि खड्काले तस्बिरमा माल्यार्पण गर्नु हुँदै अधिकारिको निधनले पाटी स्तब्ध भएको बताउनु भयो । नेपाल कम्युनिस्ट पाटी दोलखामा अध्यक्ष ईश्वरचन्द्र पोखरेलले पाटी निर्माणका लागि अतुलनीय योगदान गर्नु हुने पुराना सच्चा कम्युनिस्ट गुमाउनु पर्दा पाटिलाइ क्षेती पुगेको र अधिकरि भौतिक रुपमा न भए पनि पाटिले सबैब सम्झने बताउनु भयो। 

नेपाल कम्युनिस्ट पाटी बैतेश्वोर गाउपालिका ८ नम्बर वडा कमिटिको अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको सभमा सयौंको संख्यामा नेता तथा कार्यकर्ता को सहभागीता रहेको थियो । सभालाइ नेकपा बैतेश्वोर इन्चार्ज भिम दहाल सचिवालय सदस्य भिम श्रेष्ठ नेकपाका नेता हरि जिरेलले सम्बोधन गर्नु भएको थियो । सभामा जिल्ला कमिटी गाउँकमिटी तथा विभिन्न नेता तथा कार्याकर्ताले माल्याअर्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।