राहत समाग्री सहित मन्त्री पार्वत गुरुङद्धारा लापिलाङ पहिरोको स्थलगत अवलोकण

दर्पण संवाददाता
चरिकोट, असोज २

दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्वर ५ लापिलाङमा गएको पहिरोको आज महिला बालकालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले स्थलगत अवलोकण गर्नु भएको छ ।

मन्त्री गुरुङ आज राहत सामग्री सहित पहिराको स्थलगत निरिक्षण गर्न लापिलाङ पुग्नु भएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पहिरोको अवलोकण गर्नुहुँदै पहिरो पिडित परिवारहरुलाई खाद्यन्नका सामग्रीहरु वितरण गर्नु भएको छ । लगातार वर्ष भई रहेको र पहिरोको जोखिम कम नभएको कारण सुरक्षीत स्थानमा वस्नका तथा वस्ने व्यवस्था मिलाउनका लागि स्थानिय सरकारलाई निर्देशन दिनु भयो । पहिरोको क्षतिको विवरण संकलन गरि सरकारले रहातको व्यवस्था मिलाउने र तत्कालका लागि सुरक्षित स्थानमा वस्नका लागि मन्त्रि गुरुङले आग्रह गर्नु भयो ।

कालिन्चोक गाउँपालिका वडा नम्वर ५ लापिलाङ रानिवनमा साउन १९ गते देखि लगातार पहिरो गई रहेको र नरोकिएका कारण ठुलो क्षेती पुगेको छ । हाल सम्म मानविय क्षती नभए पनी २४ घर पुर्ण रुपमा क्षेती पुगेको छ भने २०० घर परिवार विस्थापित भएका छन् । विस्थापति परिवारहरुलाई गाउँपालिकाले नजिकैको विद्यालय तथा सुरक्षीत स्थानमा सारेको छ ।

पहिरो निरिक्षण गर्नुहुँदै प्रदेश सभा सदस्य पशुपती र्चाैलागाईले तत्काल सुरक्षित रहन आग्रह गर्नुहँदै पहिरो रोकथाम तथा वस्ती स्थान्तरण पुन निर्माणका लागि प्रदेश सरकारको ध्यान आकर्षण भएको बताउनु भयो । पहिरो अवलोकणमा नेकपाका बागमती प्रदेश सचिव तथा पुर्व मन्त्री आनन्द पोखरेल, जिल्ला समन्वय समितीका प्रमुख डवल पाण्डे, नेकपा दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेल, नेता शिव भण्डारी लगाएत नेकपाका नेताहरु, प्राविधीक लगाएतको टोलिको सहभागिता रहेको थियो ।