पारदर्शी बन्दै मेलुङ गाउँपालिका, हालसम्मको कोरोना नियन्त्रणका लागि भएको खर्च सार्बजनिक

दर्पण संवाददाता
मेलुङ भाद्र ३०

दोलखाको मेलुङ गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि हालसम्म गरेको खर्चको विबरण सार्वजनिक गरेको छ ।

गाउँपालिकाले कोरोना नियन्त्रणका लागि आब २०७६/७७ मा १८ लाख ९५ हजार खर्च भएको जनाएको छ । कोरोना नियन्त्रणका लागि गाउपालिकाले विभिन्न शिर्षकमा सो रकम खर्च भएको जनाएको छ । पालिकाले सो रकम मध्ये स्वास्थ सामग्री तथा उपकरण खरिदमा ७ लाख ५१ हजार, कर्मचारीको पारिश्रमिकमा १ लाख ९५ हजार, स्वारी एम्बुलेन्स मर्मत तथा इन्धनमा १ लाख ९० हजार , जिल्ला समन्वय समितीको कोभिड नियन्त्रणकोषमा २ लाख रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वोकर्माले बताउनु भयो । तेसै गरि औसधि खरिदमा ७० हजार अत्ति बिपन्न परिवारलाई रहात सहयोगमा ९२ हजार तथा अन्य भाडाकुडा खरिद, सवारी खर्च , खाना तथा संचारको क्षेत्रमा खर्च भएको अधिकृत बिश्वोकर्माले बताउनु भयो ।

कोरोना नियन्त्रणका लागि पालिकाले विशेष सुरक्षा साबधानी अपनाएको पाइएको छ । दोलखाको विभिन्न स्थानिय हरुमा कोरोनाको बिरामी भेटिएता पनि हाल सम्म मेलुङ गाउपालिकामा कसैलाइ पनि कोरोना देखा परेको छैन ।