दर्पण संवाददाता
चरिकोट भाद्र २२
दोलखाको मेलुङ गाउपालिका अध्यक्ष नर श्रेष्ठ तथा कर्मचारी माथी भएको दुर्ववहार प्रती राष्ट्रिय युवा संग र अनेरास्ववियु दोलखाले बिरोध जनाएका छ्न ।
समस्य रहेका कुराहरु छलफल बाट समाधान गर्नु पर्नेमा गाउँपालिकाको कार्यालयमा पुगि केही अराजक समुहले गैर कानुनी तरिकाबाट पालिका अध्यक्ष तथा कर्मचारी लाई दुर्ववहार गर्नुका साथै कार्यालयमा तोडफोड भएको घट्ना प्रती ध्यानाकर्षण भएको र तेस्तो कार्याको अनेरास्ववियु र राष्ट्रिय युवा संघ दोलखाले घोर भत्सर्ना गरेको छ । पालिकाको कार्यालयमा पुगि अराजक गतिविधि गर्ने जो कोहि लाई पनि कानुनी कार्वाही गर्न माग गरेको छ । अराजक गतिविधि सहभागी भएका ब्याक्ती हरुलाइ प्रहरीले पक्राउ गरि निश्पक्ष छानबिन गरि रहेको अबस्थामा प्रहरी प्रशासनलाई नै चुनौती दिदै कुनै राजनीति दलले संरक्षण गर्न खोजेको भन्दै तेस्तो गतिविधि रोकन आफुहरुले माग गरेको राष्ट्रिय युवा संघ दोलखामा सहसंयोजक नवराज अर्यालले बताउनु भयो ।
कोरोना भाइरस महामरी को विरुद्ध सबै समुदाय लडि अबस्थामा विभिन्न बहानामा भिडभाडको कार्याक्रम भइ रहेको र तेस्ता कार्य तत्काल रोक्न संबंधित निकाएको ध्यानाकर्षण गराएको र तेस्तो गतिविधि नरोकिएमा आफुहरुले आन्दोलन गर्ने अनेरास्ववियु दोलखाका सहसंयोजक राजकुमार ढुङ्गेलले बताउनु भयो ।
मितिः २०७७।०५।२२
प्रेस विज्ञप्ती
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू लोकतान्त्रिक गणतन्त्रको योद्धा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक क्रियाशीलताको नेता, जनता र जनजीविकाको सवालमा सडक बाघ संगठनको रुपमा स्थापित भै लोकतान्त्र र मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता सामाजिक न्याय सँगै युवा र विद्यार्थीहरुको हक अधिकार प्राप्तिको लागि निरन्तर संघर्ष गर्दै आइरहेको कुरा सर्वविदितै छ ।
मिति २०७७ साल भाद्र १८ गतेका दिन दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा केहि उत्छृखल युवाहरुको जत्थाले मेलुङ गाउँपालिकाका अध्यक्ष तथा नेकपा दोलखाका नेता नर बहादुर श्रेष्ठलाई गाउँपालिका कार्यालयमा नै गई गरेको दुव्यवाहारको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी, दोलखा र अनेरास्ववियू दोलखाका घोर भत्र्सना तथा निन्दा गर्दछ । यस्तो अपराधिक गतिविधिमा संलग्न जो कोहिलाई पनि राजनीतिक संरक्षण नगरी कानुनी कठघरामा उभ्याउनु पर्नेमा उल्टै राजनीतिक रुप दिएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
कोभिड १९ ले गर्दा विश्व नै आक्रान्त भै रहेको अवस्थामा हाम्रो जिल्लामा पनि क्रमश कोरोना समुदाय स्तरमा फैलदैै गइरहेको यस्तो परिस्थितिमा सबैपक्ष जिम्मेवार र संयम बन्नु पर्नेमा विगत केहि दिनदेखि जिल्ला भित्र विभिन्न बहानामा अपराधिक घटनाहरुलाई राजनीतिक रुप दिई दिनहु हुल हुज्जत सहित आन्दोलन तथा पुत्ला दहन जस्ता नुकृष्ट कार्यहरु भएकोमा राष्ट्रिय युवा संघ नेपाल, दोलखा र अनेरास्ववियू दोलखाको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिहरु तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौ ।
उक्त घटनामा संलग्न जो कोहिलाई पनि राजनीतिक रुप नदिई सत्य तथ्य छानविन गरी कानूनी कठघरामा उभ्याई कार्वाही गर्न समेत अनुरोध गर्दछौ । यदि विनम्रता पूर्वक गरीएको अनुरोधलाई वेवास्ता गरेमा राष्ट्रिय युवा संघ नेपाल दोलखा र अनेरास्ववियू दोलखा प्रतिकारमा उत्रन बाध्य हुनेछ उक्त आन्दोलनबाट सिर्जित कुनै पनि घटनाको जिम्मेवारी संम्बन्धित पक्षले लिनु पर्नेछ ।
हार्दिक न्यानो अभिवादन सहित !!!