एनिमिया रोगका विरामीलाई तारा दल गणका सेनाद्धारा रक्तदान

दर्पण संवाददाता
चरिकोट, भाद्र १७
दोलखाको चरिकोटमा रहेको तारा दल गणका दुई जना सेनाले एनिमिया रोगका विरामीलाई आज रक्तदान गरेको छ ।
दोलखलाको तामाकोशी गाउँपालिका वडा नम्वर ७ का सन्देश सुनुवारका छोरा २६ वर्षिय आसिष सुनुवारलाई एमिनिया रोगबाट ग्रसित भई हेमोग्लोविनको कमि हुन गई रगतको आवश्यकता परेको हुँदा तारा दल गणका दुई सेनाले रक्तदान गरी सहयोग गरेको हो । गणमा कार्यरत प्युठ चन्द्र बहादुर रोका र सि सरोज हमालले उक्त विरामीलाई रक्तदान गरेको तारा दल गणका क्यापटेन रोसन वस्नेतले बताउनु भयो ।
तारा दल गणको जिम्मेवारी क्षेत्र तामाकोशी गा.पा. वडा नं. ७ का २६ वर्षिय आशिष सुनुवार एनिमिया रोगबाट ग्रसित भई दोलखाको सामुदायीक अस्पतालमा उपचार गराउँदै आउनु भएको छ । एनिमिया रोगका कारण हेमोग्लोविनको कमी भएकोले ब्ंख्भ् रगत आवश्यक परेको गणमा खबर गरिएकोले गणमा कार्यरत दुई जना सेनाले बिरामीलाई गई रक्तदान गरि सहयोग गरेको हो ।