दर्पण संबाददाता
चरिकोट भाद्र १७
प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा आइसोलेसनमा रहेका सात जना कोरोना संक्रमित बिरामी कोरोना मुक्त भएर आज डिसचार्ज भएका छ्न ।
कोरोना भाइरस पोजेटिभ देखिए पछि आइसोलेसनमा बसेका उनिहरुको पिसिआर पुन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पछि उनिहरु घर फर्किएका हुन । कोरोना जितेर घर फर्किनेहरुमा दुई जना सुरक्षाकर्मी, चार जना एनजिओ कर्मी र एक जना स्वास्थ्यकर्मी रहेका छ्न । उनिहरुको भाद्र २ गते स्वाब संकलन गर्दा कोरोना पोजेटिभ भेटिएको थियो । कोरोना सङ्क्रमित भएका ३० जनामध्ये ७ जना निको भएर घर फर्केका छन। चरिकोटको अस्पतालको आइसोलेसन बसेका ७ जना बुधबार निको भए सगै घर फर्केका हुन । घर फर्कनेहरुमा चितवनको तालीम बाट फर्केका एनजीओकर्मी इन्दिरा अर्याल, गङ्गा रिमाल, सुमन श्रेष्ठ , सिर्जना थामी रहेका छन भन स्वास्थ्य कर्मी पन्जु तामाङ र सुरक्षाकर्मी श्री राम ठाकुर र कृष्ण कुमार यादब निको भएर फर्केका हुन। पुन भाद्र १२ गते स्वाब संकलन गरि परिक्षण गर्दा नेगेटिभ आएको र आज उनिहरुलाइ बिदाइ गरिएको डा रिना लामिछानेले बताउनु भयो ।
कोरोना मुक्त भएका उनिहरुलाइ स्वास्थ्यकर्मिको टोलिले बिदाइ गरेका थिए । प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद दंगालाले उनिहरुलाइ कोरोना मुक्त भएको सटिफिकट प्रदान गर्नु भएको थियो । कोरोनाका बिरामिहरुलाइ समाजले हेर्ने दृष्टिकोण फरक भएपनी आइसोलेसनमा ब्यबस्थापन तथा स्वास्थ्यकर्मी हरुको राम्रो व्यबहार भएका कारण छिटो कोरोना मुक्त हुन सहज भएको उनिहरुले बताएका छ्न ।