चरिकोट, भाद्र ९ ,
कारोना महामारीका कारण पर्यटकीय नगरी दोलखाको चरिकोट बजार दश दिन देखि सुनसान रहेको छ ।

कारोनाका कारण देशभर संक्रमितहरु थप भई रहेको बेदा दोलखामा समेत कोरोनाको विरामी दैनिक जसो वढदै गए पछि जिल्लाको अधिकांश व्यापारीक केन्द्रहरु बन्द रहेका छन् भने सदरमुकाम चरिकोट बजार १० दिन देश सुनसान रहेको छ । विहान वेलुका तरकारी तथा खाद्यन्न पसल केहिमात्रामा फाटफुटा खुलेको भएत पनि अन्य समयमा सुनसान रहेको पाइन्छ ।


कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशाशनले साउन ३१ गते देखि भाद्र ६ गते सम्मका लागि लकडाउन घोषणा गरेको थियो । कोरोना संक्रमित जिल्लामा झन थप हुँदै गए पछि लकडाउन थप परी भाद्र १० गते सम्मका लागि लम्वाइएको छ । लकडाउनकै विचमा थप कडाई गर्न जिल्ला प्रशासनले निशेधाज्ञा जारी गरेको छ । जिल्लामा अति आवश्यक सेवा वाहेक अन्य कुनै सवारी साधन हरु संचालन हुन सकेका छैनन । तस्विर प्रभु जिरेल




