दर्पण संवाददाता
साउन ३०
दोलखाको गौरिशंकर गाउपालिकामा थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 
८३ जनाको स्वाबमा ४ जना पुरुष र १ जना महिलालाइ कोरोना पुष्टि भएको हो । गाउपालिकामा कार्यरत एक स्वास्थ कर्मिलाइ कोरोना पोजेटिभ देखिए पछि गाउपालिकको ८३ जनाको स्वाब संकलन गरि परिक्षणका लागि धुलिखेल पठाएको थियो । जस मध्य ४ पुरुष र १ महिला गरि ५ जनामा कोरोना पोजेटिभ देखिएको दोलखाका स्वास्थ कार्यालय प्रमुख बिभु झाले बताउनु भयो । यस अघि गौरीशंकर गाउपालिकामा २ जना र कालिन्चोक गाउपालिकामा १ जनालाई कोरोना पुष्टि भइ सकेको छ ।