दर्पण संवाददाता
जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेलाई कोरोना नगएको पुष्टि भएको छ ।
उहाको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमित ब्याक्ती को सम्पर्कमा पुगेका ब्याक्ती हरुको सम्पर्कमा पुगेको भन्दै जिसस प्रमुखको पिसिआर परिक्षण गरिएको थियो । उहाको कोरोना परिक्षण गर्नाका लागि २७ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा स्वाब संकलन गरि धुलिखेल पठाएको थियो । पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेदेखिनै उहाँ होम आइसोलेसनमा बस्नु भएको थियो । उहाको आज रिपोर्ट नेगेटिभ आएको हो । जिल्लाम कोरोनाको जोखिम बढ्दै गएको हुदा सबैलाइ घरमानै सुरक्षित बस्न उहाले आग्रह गर्नु भयो ।