तामाकोशी गाउँपालिकाका दुई मृगौला पिडितलाई अमेरीका वस्ने नेपालीहरुद्धारा सहयोग

दर्पण संवाददाता
चरिकोट

दोलखाको तामाकोशी गाउँपालिकाका दुई जना मिर्गौला पिडितलाई अमेरिकामा वस्ने नेपालीहरुले सहयोग गरेका छन् ।

विगत चार वर्षदेखि मृगौलामा देखिएको समस्याका कारण थला परेका केशरबहादुर कार्की र संगीता कार्कीलाई ३ लाख २१ हजार १ सय २६ रुपैया सहयोग उपलब्ध गराईएको हो । दोलखा झुले घर भई हाल अमेरिकामा बस्दै आएका दोलखालि तामाकोशी घर भएका समाज सेवि बाल कृष्ण कार्कीको पहलमा दुई जना मृगौला पीडितलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

आर्थिक नपाएर उपचार सेवा लिन नपाएका कार्कीद्धयलाई सहयोग स्वरुप रकम उपलब्ध गराएको कविन्द्र कार्कीले बताएका छन् । प्राप्त रकम मध्ये केशरबहादुर कार्कीलाई १ लाख ७१ हजार १ सय २६ र संगीता कार्कीलाई १ लाख ५० हजार रुपैया उपलब्ध गराइएको छ । प्राप्त रकम मध्ये केशरबहादुर कार्कीलाई १ लाख ७१ हजार १ सय २६ र संगीता कार्कीलाई १ लाख ५० हजार रुपैया उपलब्ध गराइएको छ ।

अमेरिकाबाट प्राप्त सहयोग सो रकम बालकृष्ण कार्कीको आमा रत्नकुमारी कार्की र नेकपा दोलखाका नेता बाबुकाजी कार्कीबाट हस्तान्त्रण गरिएको छ ।