
दर्पण संवाददाता
सिंगटी साउन १३
दोलखाको सिंगटीमा घर माथिबाट आएको ढुंगाले लागेर एक जनाको ज्यान गएको छ ।
दोलखाको विगु गाउँपालिका वडा नम्वर ४ सिंगटी निवासी ३५ वर्षिय रेणु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमा काम गरि रहेको अवस्थामा घर भन्दा ५०० मिटर माथी पाखाबाट अचानक ढुंगा खसी ढुंगा र जस्ताले वनाएको घर भत्की थामी घाइते हुनु भएको थियो । थामीको शरिर ढुंगाले चेपेका कारण उपचारका लागि एम्वुलेन्स द्धारा अस्पतल लैजाने क्रममा बाटोमानै ज्यान गएको प्रहरी निरिक्षक रेशम वोहोराले जानकारी दिनु भयो । मृतक थामीको शव हाल प्राथमिक केन्द्र चरिकोटमा राखिएको छ ।
