दोलखा उद्योग वाणिज्य संघ पछिल्लो समय विवादित वन्दै आएको छ । संघले संचालन गरेको कार्यक्रमहरुमा संस्थाको हितमा नभएको र नीति विपरीत भन्दै संघका कार्यसमितीहरुले नै असमती जनाउदै विरोघ गर्दै आएका छन् । दोलखा उद्योग वाणिज्य संघले पछिल्लो समय आफ्ना सदस्यहरुलाई कर सेवा उपलब्ध गराउने भन्दै नियम विपरीत ठुलो रकम असुली गरी रहेको भन्दै कार्यसमितीकै सदस्य तथा व्यवसायीहरुले विरोध गरी रहेका छन् । लामो समय देखि नविकरण समेत हुन नसकेको उद्योग वणिज्य संघ दोलखाले संचालन गरेको हरेक कार्यक्रमहरुमा समस्या देखा पर्न थाले पछि दोलखा उद्योग वाणिज्य संघका कार्य समिती सदस्य तथा दोलखाका सफल व्यवसायी दिनेश वस्नेत संघ दर्पण संचार अनलाइनले गरेको कुराकानी
दोलखा उद्योग वाण्ज्यि संघको निर्वाचनमा धेरै व्यवसायीहरुको मन जित्दै सवैभन्दा वढि मतले विययी हुनु भयो । तर पछिलो समय उद्योग वाणिज्य संघमा विवाद चुलीदै गएको छ यो के हो ?
दोलखा उद्योग वाणिज्य संघ नितान्त व्यवासायीहरुको साझा संस्था हो । मलाई निर्वाचनमा अत्याधीक वहुमतले विजयी गराउनु भयो त्यसका लागी म सवै उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गर्न चहान्छु । व्यवसायीहरुको साझा संस्था भएको हिसावले उद्योग वाणिज्य संघले व्यवसायीहरुको हक र हितमा काम गर्नु पर्छ । तर पछिल्लो समय उद्योग वाणिज्य संघ दोलखा त्यसो हुन सकेको छैन् । त्यस कारण उद्योगी व्यवसायीहरुले गतल कुराहरुको विरोध गरी रहेका छन् । व्यवसायीहरुले आफनो हक हित भन्दा फरक तरिकाले काम गर्न थाले पछि विरोध गर्न स्वभाविक हो । म निर्वाचित भए देखिनै उद्योग वाणिज्य संघमा संघलाई सुधारर्नका लागि धेरै औपचारीक तथा अनौपचारीक प्रस्तावहरु गरियो तर संघका पदाधीकारी साथीहरुमा जुन एक प्रकारको निर्वाचित र वहुमतको दम्भ देखियो त्यस कारणले उद्योग वाणिव्य संघले राम्रो संग काम गर्न सकेन ।
तत्काल दोलखामा कर सेवा केन्द्र खुल्दैछ । कर कार्यलय आउने तयारी हुँदा हुँदै उद्योग वाणिज्य संघले आय कर सेवा शुल्क भन्दै नियम विपरीत ठुलो रकम असुली गरि रहेको भन्नेमा व्यवसायीहरुले विरोध गरि रहेका छन नी ?
हो तपाईले ठिक कुरा गर्नु भयो । दोलखामा कर सेवा केन्द्र वस्ने अन्तीम तयारीमा छ । जिल्लाका व्यवसायी साथीहरुलाई सहज तरिकाले सेवा प्रदान गर्ने उदेश्यले कर कार्यालय धुलिखेल संगको सहकार्यमा जिल्लामा कर सेवा केन्द्र चाँडै वस्दै छ । कार्यालय राख्नका लागि जिल्ला जिल्ला समन्वय समितीमा रहेको सरकारी भवन समेत उपलब्ध गराई सकिएको छ । कोरोना भाइसरका कारण देश लकडाउनमा नपरेको भए दोलखाबाटै कर सेवा सुरु भई सक्थ्यो तर कोरोना कारण केही समय पछि हुन पुगेको छ । साउन अन्तीम या भदौको पहिलो हप्तामा कर कार्यालय आई असोज बाट जिल्लाबाटै कर सम्वन्धी काम गर्न सकिन्छ ।
अघिल्लो वर्षहरुमा झै यो वर्ष पनि दोलखा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई सहज गराउन जिल्लाबाटै कर लिने व्यवस्था ग¥यो त्यसमा कर सेवा वापत भन्दै व्यवसायीहरुबाट थप अतिरितm शुल्क लिने कुरा भयो । म लगाएत केहि साथीहरुले त्यसो गर्न उपयूक्त नहुने कुरा पनी ग¥यौ । व्यवसायीहरु लकडाउनका कारण समस्यामा परेका छन् । व्यवसाय धरापमा परेको छ । व्यवसायीहरुलाई प्रोत्साहन गर्नका लागि स्थानिय सरकार विभिन्न वितिय संस्थाहरुले समते केही प्रतिशत व्याज छुट गराने, घर धनीहरुले घर भाडा छुट गराउने जस्ता काम गरी रहेका छन् । लकडाउनका कारण धरासयी वनेको व्यवसायमा व्यवसायीहरुबाट थप उतिरिक्त शुल्क लिनु समय अनुसार जायज हैन भन्ने म लगाएत केही साथीहरुको प्रस्ताव थियो । उद्योग वाणिज्य संघनै आर्थिक रुपमा समस्यामा परेको भन्दै पदाधीकारी साथीहरुल कुरा सुनुवाई गर्नु भएन । व्यवसायीहरुलाई सहुलियत दिनु पर्छ म आफैले पनि मेरो घरमा व्यवसाय गर्ने सवै व्यवसायीलाई एक महिनाको भाडा छुट गरेको छु । त्यसै गरी व्यवसायी हरुलाई एक महिनाको मात्र भए पनी घर भाडा छुट गराउँ पहल गराउन । व्यवसायीहरुलाई व्यवसायमा प्रोत्साहन गराउन पर्छ सुविधा दिनु पर्छ ।
कर तिर्ने विषयमा तपाईहरु अताल्लिनु पर्दैन । कर तिर्ने समय असोज अन्तीम सम्म हुन्छ । त्यो वेला सम्म कर तिर्दा कुनै अतिरितm शुल्क तिर्नु पर्दैन । अझ यो वर्ष कोरोनाका कारणले कर तिर्ने समय असोज भन्दा पछि केहि महिना थप पनी हुन सक्छ त्यस कारणले अहिलेनैै हतार गरेक अतिरिक्त शुल्क तिरेर कर नतिर्दा पनि हुन्छ । जिल्लामानै कर सेवा केन्द्र आँउदै छ र त्यही तिर्दा राम्रो हुन्छ ।
उद्योग वाणिज्यले नयाँ नयाँ कार्यक्रम ल्याउनु प¥यो । करदाताहरु बाट अतिरिक्त सेवा शुल्क लिएर मात्र संस्था कहिले सम्म चल्छ । व्यवसायीहरुको हक हित हुने गरी नयाँ नयाँ कार्यक्रम ल्याउनु प¥यो ।

आम व्यवसायीको छाता संस्था लामो समय देखि दोलखा उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कार्यलयमा नविकरण हुन सकेको छैन् । किन गैर कानुनी तरिका संस्था वसिहरको छ नविकरणका लागि किन प्रयास गर्दैन ?
हो वर्षेनी नविकरण हुन पर्ने भएता पनी दोलखा उद्योग वाणिज्य संघ नविकरण हुन सकेको छैन र पछिल्लो समय नविकरणका लागि पहल पनी भएको छैन् । अहिलेको यो कार्यसमितीको पदाधीकारीहरु अघिल्लो कार्य समितीलाई दोष देखाएर पन्छिन खोजी रहेको छ । अघिल्लो चुनावमा १ मत अन्तरले सुन्दर कार्कीले चुनाव जित्नु भयो त्यस पछि मुद्धा मामिला केके कारणले त्यो वेला काम गर्न दिएन् । म पहिलो कार्यकालमा पनी भएको हिसावले मलाई सम्झना छ प्रत्येक मिटिङमा अध्यक्षको राजिनामा माग्ने भन्दा काम भएन । सुन्दर कार्कीको पालामा नविकरणका लागि जिल्ला प्रशासनमा निवेदन दिएको पनि छ तर मुद्धा मामिलाका कारण संस्था नविकरण हुन नसकेको कुरा सहि हो । त्यो अहिलेको अध्यक्ष ज्यु महासचिव हुनुहुन्थ्यो त्यो वेला राजिनामा मात्र मगियो काम गर्ने वातावरण नै भएन नविकरणका लागि लेखापरिक्षण गराउनु पर्ने उहाँहरुलेनै खाता रोक्क गरेर राख्नु भयो । चुनावबाट निर्वाचित भएर नयाँ कार्यसमिती आएको पनि १५ महिना भई सक्यो । अहिले सम्म संस्था नविकरणका लागि पहल गर्नु पर्छ की पर्दैन् ? अहिलेको अध्यक्ष त्यो वेलको महासचिव हुनुहुन्थो । उहाँ जिम्मेवार हुनु पर्छकी पर्दैन ? अघिल्लो अध्यक्षले गरेन मात्र भनेर दोष देखाएर हुन्छ । १५ महिना सम्म त आफुले काम गर्नु प¥यो नी संस्था कहिले सम्म अरुलाई दोष लगाएर चल्छ ।

लामो समय देखि उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई सदस्यता समेत वितरण गर्न सकेको छैन् । सदस्यता वितरणमा व्यवसायी भन्दा पनी ठुलो राजनैतीक चलखेल हुन्छ भन्ने हल्ला पनी छ वास्तविकता के हो ?
हो लामो समय देखि वास्तविक सदस्यहरुलाई सदस्यता वितरण गर्न सकिएको छैन् । नयाँ सदस्यका लागि फर्म भरेका व्यवसायी साथीहरुलाई नयाँ सदस्यता दिने दिनु पर्छ र सदस्यता पाउने उनिहरुको अधिकार पनी हो । तर व्यवसायीक साथीहरुलाई सदस्यता वितरण गर्ने विषयमा पनी नियत राखिन्छ स्वार्थ हेरीन्छ । सदस्यता दिने विषयमा राजनीति हुन भएन् । सदस्यता नदिएर जिल्लाका अन्य शाखाहरुलाई अप्ठयारामा पर्नु भएन । म व्यवसायी भएको हिसावले मैनापोखरीका साथीहरुले सोधनु हुन्छ , मागादेउरालीका साथीहरुले, सिंगटीका अध्यक्ष महेश श्रेष्ठले सदस्यता नपाएर शाखालाई अप्ठयारा परेको र हामी के गरौ भनेर सोधी रहनु भएको छ । म सवै व्यवसायीक साथीहरुलाई सदस्यता दिउँ भन्ने पक्षमा छु । सदस्यताको विषयमा को कम्यूनिष्ट को काङग्रेस नभनैँ व्यवसायीक सदस्यता दिउँ भन्ने पक्षमा हो म तर तर केही साथीहरु त्यो कुरा मान्न तयार हुनुहुन्न । म पुन आग्रह गर्न चहान्छु सदस्यता रोकेर राख्नु हुँदैन । अनिर्णयको वन्दीमा उद्योग वाणिज्य संघ वसी रहनु भएन् फम भरेका सवै व्यवसायीक साथीहरुलाई सदस्यता दिनु पर्छ ।
अन्तमा तपाईको विचारमा समाधानका उपाएहरु के हुन सक्छ ?
म फेरी दोहोराउन चहान्छु । उद्योग वाणिज्य संघ व्यवसायीहरुको संस्था हो । यसले व्यवसायीको फाइदामा काम गर्नु पर्छ की कुनै व्यक्तिको स्वार्थमा केन्द्रीत भएर हैन् । अध्यक्ष महासचिव तथा पदाधीकारीमा जुन निर्वचित तथा वहुमतको दम्भ छ त्यो दम्भ त्याग्नु प¥यो र व्यवसायीकहरुको अधिकारको क्षत्रमा काम गर्नु पर्छ । लामो समय देखि रोकिएको सदस्यता वितरण खुल्ला गर्नु पर्छ र उनिहरुलाई सदस्यता विचरण गर्नु पर्छ । व्यवसायीहरुबाट पैसा अशुल्ने भन्दा पनी नयाँ नयाँ कार्यक्रमहरु ल्याउनु प¥यो । आर्थिक कारोवार गर्दा नीति नियम संगत गर्नु प¥यो । यसो गर्दा संस्थालाई पनी फाइदा पुग्छ व्यवसायीहरुको हितमा हुन्छ भन्ने मेरो बुझाई हो ।
