खिम्ती खोलाको झोलुङ्गे पुलबाट फामफालदा एक जनाको ज्यान गयो

दर्पण संवाददाता
साउन ७
दोलखा र रामेछाप जिल्लाको सिमानामा जोडिएको खिम्ति खोलाको झोलुङ्गे पुल बाट हामफल्दा एक जनाको ज्यान गएको छ ।
दोलखाको जिरी नगरपालिका वडा नम्बर २ रजनटोल बस्ने ६० वर्षिय लाल बहादुर बस्नेत खिम्ति खोलाको झोलुङ्गे पुल बाट. हाम फालेको स्थानियले बताएका छन् ।
रामेछापको प्रहरी.चौकी.शिवालय लाई स्थानीयले खबर गरेपछी प्रहरी सहायक निरीक्षकको नेत्तृवमा गएको टोलीले मृत अवस्थामा उनलाई फेला पारेको हो । हामफालेको ठाउंदेखी अन्दाजी  २ कि.मि. दक्षिण तर्फ खिम्ति खोलाको भंगालोको बिचमा तैरिरहेको अबस्थामा शब फेला परेको प्र.चौ.शिवालयले जानकारी दिएको छ । खोलाबाट शवलाई निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । के कारणले पुलबाट हामफालेको भन्ने विषयमा भने अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।