रोजिना सुनुवार
चरिकोट, साउन ५
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ३ का विभिन्न टोलका ३३ घर धुरी पहिरोको उच्च जोखिममा परेको छ ।
भिमेश्वर नगरपालिका वडा नम्वर ३ तार्थली नागी धाराका १५ घर र तल्लो पुरानो वजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको अध्यक्ष हरिशरण शिवाकोटीले बताउनु भयो । वर्षतको समयमा वाढि पहिरोको जोखिम वढिरहेको वेला सामान्य वर्षा हुँदा पनि पहिरो गई रहने हुँदा पानी पर्दा रातभर जागै वस्नु पर्ने वाध्यता रहेको स्थानिय जलमाया थामीले बताउनु भयो । ज्याला मजदुरी गरी जिविका चलाउँदै आएको र कम मुल्यमा घर जग्गा किनी वसेको तर भारी वर्षका कारण दैनिक चिन्ता हुने गरेको मन्सरी थामीले बताउनु भयो । यस क्षेत्रमा दोलखाको कालिन्चोक र विगु गाउँपालिकाका विभिन्न क्षत्रबाट वसाई सरी आएका समुदायको वसोवास रहेको छ । ०७२ सालको भूकम्प पछि यस क्षत्रमा विभिन्न क्षत्रवाट वसाई सरी वसोवास गदै आएका छन् ।

नगर तथा वडाले पहिरो नियन्त्रणको लागि पहल तथा सहयोग गरेता पनि भिरालो जमिनको कारणले वस्ती सुरक्षित स्थानमा स्थान्तरण गर्नुको विकल्प नरहेको वडा अध्यक्ष हरिशरण शिवाकोटीले बताउनु भयो । नगरपालिका तथा वडाले पहिरो नियन्त्रणको लागि तारजाली र त्रिपाल सहयोग सहयोग गरेको छ । वस्ती वसेको जमिन भिरालो रहेको र तल्लो भुभाग अपर तामाकोशीको सडक रहेको र ससाना पहिरो गई रहने समस्या भएको स्थानियहरुले बताए ।
