जिरी लिंकन बजारमा गएको पहिरोको (तस्विरहरु), उद्धार तथा व्यवस्थापनमा मेयर जिरेलको सक्रियता

दर्पण संवाददाता
जिरी, असार २६
दोलखाको जिरी नगरपालिका वडा नम्वर ५ लिंकन वजारमा गय राती परेको अविरल वर्षका कारण पहिरो जाँदा एक घर पुर्ण रुपमा क्षेति पुगेको छ ।
पहिरोले घर वगाउँदा मानविय क्षेति नभएता पनि ठुलो मात्रमा क्षेति पुगेको छ । जिरी वजारको वसपार्क गएका पहिरोले घर वगाउँदा घरमा रहेको किरान पसल र होटल पुर्ण रुपमा क्षेति पुगेको छ । पहिरोले के कति क्षेति पुग्यो भन्ने एकिन विवरण भने आउन सकेको छैन् । अविरत वर्षका कारण जिरी नगरपालिकाले विभिन्न क्षेत्रमा पहिरो गएको छ । पहिरोले सडकसमेत अवरोध गरेको छ । नगरापलिकाले विभिन्न वडाहरुमा पहिरो गएता पनि मानविय क्षेति भने भएको छैन् ।

उद्धार तथा व्यवस्थापनमा मेयर सक्रिय
नगरपालिकाले विभिन्न क्षेत्रमा पहिरो गए संगै उद्धार तथा व्यवस्थापनमा नगरपालिकाका मेयर टंक जिरेल सक्रिय भएका छन् । पहिरो गएको स्थलमानै पुगी आर्फै उद्धारमा लागेका छन् । केहि दिन अफै पानी पर्ने सम्भावना रहेका कारण पहिरोका जोखिम भएको क्षेत्रहरुमा वसोवास नगर्नका लागि नगर प्रमुख जिरेलले आग्रह गर्नु भएको छ । तस्बिर गौतम जिरेल