दोलखाका २५ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

दर्पण संवाददाता
चरिकोट
कोरोना आशंकामा पिसिआर परिक्षण गर्दा दोलखाका २५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमित ब्याक्ती को सम्पर्कमा पुगेका २५ जना ब्याक्तीको पिसिआर परिक्षण गरेको थियो । भिनपा २ का एक वृद्धमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछी सम्पर्कामा पुगेका स्वास्थ कर्मी सुरक्षाकर्मी आफन्त गरि २५ जनाको स्वाब संकलन गरि धुलिखेल अस्पताल पठाइएको थियो । पिसिआर परिक्षण गर्दा २५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।