दर्पण संवाददाता
चरिकोट ,
दोलखाको भिमेश्वर नगरपालिकाका वडा न २ मा एक जना वृद्ध पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
धुलिखेल अस्पतालद्धारा संचालित दोलखा अस्पतालबाट रिफर गरिएका विरामीको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले भिनपा २ तिखातलका ७६ वर्षको वृद्धमा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि कोराना संक्रमणको पुष्टि भएको जानकारी आईसकेको उहाले बताए । कोरोना संक्रमित व्यक्तिको शिक्षण अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ । बिरामी दोलखामानी बसेको भएता पनि कस्को सम्पर्कबाट सर्यो भन्ने खोजी भइ रहेको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित बिरामीको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको नमुना संकलन गर्ने कार्य सुरु गरिँदैछ ।