दोलखाको पहिलो मन्टेश्वरी स्कूल द्वारा जिल्लामा नै पहिलो अनलाइन कक्षाको सुरुवात

दर्पण संवाददाता
वैशाख १५

दोलखा जिल्लाको पहिलो मन्टेश्वरी स्कूल द्वारा दोलखा जिल्लामा पहिलो पटक अनलाइन कक्षाको सुरुवात गरेको छ।

विश्व भरि फैलिएको कोरोना भाइरसको कारण देशमा लक डाउन भए संगै सबै संघ संस्थाहरु बन्द छ रहे संगै शिक्षा क्षेत्रमा पनि धेरै असर गरी रहेको हुँदा विद्यालय पनि बन्द रहेका छ्न । कोरोना भाइरसको भ्याक्सिन बनी नसकेको र लक डाउनको विकल्प पनि नभएको हुँदा यसले विद्यार्थीहरुको पठनपाठनमा ठूलो समस्या निम्ताएको छ। लामो समय देखि बिद्यालय बन्द रहेको र घरमा बस्दा बालबालिकाले अध्यनमा खासै ध्यान नदिने हुँदा अलि अलि जानेको पनि बिर्सिन सक्ने अवस्था श्रृजना हुँदै गएको धेरै जसो अभिभावकको गुनासो गर्ने गरेका छ्न। सबै समस्याको निकास दिने लक्ष्य सहित दोलखा जिल्लाको एक मात्र मन्टेश्वरी एपेक्स स्कूलले अनलाइन कक्षाको सुरुवात गरेको छ।

नयाँ शैक्षिक सत्रको पुस्तक आउनु अगाडि देखी नै लक डाउन सुरु भएको हुनाले बालबालिका सँग नयाँ शैक्षिक सत्रको पुस्तक हरु छैन, त्यसैले अनलाइन कक्षा हरु मूलतः होम साइन्स एक्टिभिटी, आर्ट एण्ड क्राफ्ट र भाषा विकास विषयमा लक्षित गरिएको स्कुलको अध्यक्ष नसीब कायस्थले दर्पण संचारलाई जानकारी दिनु भयो। यो कार्यक्रम अन्तर्गत नयाँ भर्ना गर्न इच्छुक महानुभाव हरुले एपेक्स स्कूलको फेसबुक पेजको माध्यम बाट अथवा सिधै फोन बाट सम्पर्कमा आउन सक्नु हुने जानकारी पनि दिनुभयो।

अनलाइन कक्षाको लागि जुम मीटिंग, गुगल क्लास रूम, फेसबुकको मस्सेन्जर र अन्य मोबाइल एप्लिकेशन को प्रयोग हुने जनाएको छ। अनलाइन कक्षा विश्व भरिनै प्रयोग हुने गरेको छ र यो कार्यक्रम दोलखा जिल्लामा भने पहिलो पटक एपेक्स स्कूलले सुरुवात गरेको छ। अहिले प्राथमिक तर्फको कक्षा १ देखि ५ सम्म सुरुवात गरिएको र आउँदो हप्ता भित्र नर्सरी देखी यूकेजी सम्मको औपचारिक अनलाइन कक्षा पनि सञ्चालनमा आउने जानकारी एपेक्स स्कुलको IT डिपार्टमेन्टले जानकारी दिएको छ।