दर्पण संवाददाता
दोलखाको चरिकोटमा रहेको गौरिशंकर सामुदायिक पुस्तकालयले जिल्ला बिपद ब्यवस्थापन समितिलाइ आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरलले बिश्वमा ठुलो क्षेति पुगि रहेको अबस्थामा जिल्लामा स्वास्थ सामग्रीको अभाव भएको बेला केही सहयोग पुगोस भन्ने उदेश्यले पुस्तकालयले आज स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने विभिन्न सामग्री प्रदान गरेको पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले बताउनु भयो । पुस्तकालयले करिब १ लाख बराबरको पिपिइ ९ थान, सर्जिकल माक्स ३०० थान , ग्लोब्स ३०० थान, स्यानटाइजर ४८ थान साबुन लगाएतको सामग्री प्रदान गरेको बस्नेतले बताउनु भयो । जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डे, भिमेश्वोर नगरपालिकाका प्रमुख भरत बहादुर केशी, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा सुरक्षाप्रमुख हरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
