बिदेशबाट फर्केकाहरुको पहिचान गरि रातो झन्डाको संकेत राख्दै मेलुङ गाउपालिका

दर्पण संवाददाता
दोलखाको मेलुङ गाउपालिकाले तत्काल बिदेशबाट फर्केकाहरुको पहिचान गरि घरमा रातो झणडा राख्ने अभियान सुरु गरेको छ ।
गाउँपालिकाले कोरोना नियन्त्रण गर्नाका लागि तत्काल बिदेशबाट फर्केका हरुको पहिचान गरि उक्त घरमा १४ दिन सम्म रातो झन्डा राखी पहिचान गराउने गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो । बिदेशबाट तत्कालै घर फर्केकाहरु १४ दिन सम्म क्वारेन्टाइन मा बस्नु पर्ने हुदा पहिचान गरि घर घरमा संकेतको रुपमा झन्डा राखिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । १४ दिन पुगेपछि झन्डा हटाइने उहाले बताउनु भयो । मेलुङ गाउपालिका वडा नं १ पवोटी बाट गाउपालिका प्रमुखको उपस्थितिमा अभियान सुरु भएको छ ।
कोरोना नियन्त्रणका लाई गाउपालिकाले सबै स्वस्थ्य संस्था हरुमा आवश्यक औषधि उपकरण हरु सहित स्वास्थ्यकर्मी हरु परिचालित रहेको गाउपालिकाले जनाएको छ ।