दर्पण संवाददाता
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि मेलुङ गाउँपालिकाले सहयोग गरेको छ । मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले पत्रकार महासंघको भवन निर्माणको लागि तीन लाख रुपैयाँको चेक पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गर्नुभएको छ ।
पत्रकार महासंघको भवन भीमेश्वर नगरपालिका वडा नं. ३ चरिकोटमा एकतले निर्माण कार्य सम्पन्न भए तापनि फर्निचर, कम्प्यूटर लगायतका सामग्री खरिद गर्न बाँकी छ । सूचना केन्द्रसहितको भवन निर्माण भएकाले समाजसेवी, संघसंस्था, सहकारी, नगरपालिका र गाउँपालिकाहरुले सहयोग गर्दै आएको छ ।