दर्पण संवाददाता
चरिकोट, ११ चैत्र
आजबाट लागू गरिएको लकडाउन को अवज्ञा गर्दै सवारी साधन चलाउने २१ सवारी साधन सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस रोकथाम गर्न भन्दै सरकारले आज देखि लागू हुने गरि लकडाउन घोषण गरेको थियो । लक्डाउनको अवज्ञा गर्दै चलाइएको १८ वटा मोटरसाइकल र ३ वटा गाडी नियन्त्रणमा लिएको दोलखा ट्राफिक प्रमुख गोकर्ण नेपालले जानकारी दिनु भयो । नियन्त्रणमा लिएका सवारीसाधन बेलुका ८ बजे सम्झाइभुझाइ छडिने बताउनु भयो । अति आवश्यक काम बाहेक बहिर न निस्किन सरकारले आग्रह गरि रहेको बेला बिना काम बाहिर न निस्किन प्रहरीले अनुरोध गरेको छ ।