दर्पण संवाददाता
गौरीशंकर
आजबाट सुरु हुने भनिएको SEE परिक्षा स्थगित भएपछी विद्यार्थी हरुलाइ समस्या भएको भन्दै घर घर फर्कनका लागि सबै बिद्यार्थीलाई गौरीशंकर गाउपालिकाले बसको ब्यबस्था गरेको छ ।
सबै तयारी पूरा गरि बिद्यार्थीहरु परिक्षाकेन्द्रमा पुगि सकेको र परिक्षा स्थगित भएका कारण बिद्यार्थीलाई घर घर फर्किनका लागि गाउपालिकाले बसको ब्यबस्था गरेको गाउपालिका उप प्रमुख उर्मिला थामिले बताउनु भयो । गौरीशंकर गाउपालिकाको विभिन्न वडाहरुबाट बिद्यार्थीहरु परिक्षाका लाई हलेश्वोर माबि सुरि पुगेका थिए । हलेश्वोर माबिमा परिक्षणदिनका लागि ५ बिद्यालयका बिद्यार्थी हरु परिक्षाकेन्द्र पुगेका थिए । सुरिबाट जुगु झ्याकु मार्बु चङ्खु लगाएत ठाउमा जानका लागि गाउपालिकाले बसको ब्यबस्था गरेको प्रमुख प्रसासकिय अधिकृत प्रदिप खड्काले बताउनु भयो । गाउपालिका भित्र संचालन भइ रहेको अन्य सबै परिक्षा समेत स्थगित भएको गाउपालिकाले जनाएको छ ।