तामाकोशी गाउँपालिकामा माहामारी तथा प्रकोप जन्य अवस्था गठन तथा अभिमुखिकारण कार्यक्रम

चैत्र ४
दिपक बस्नेत तामाकोशी
दोलखाको तामाकोशी गाउँपालिकामा माहामारी तथा प्रकोप जन्य अवस्था (आरटी सिआरआरटी ) गठन तथा अभिमुखिकारण कार्यक्रममा सम्पन्न भएको छ ।

तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख विभु झाले कोरोना भइरस (कोभिड १९) यसका लक्षण, सावधानि, वच्ने उपाए, बढि प्रभावित व्यक्ती, मृत्यु दर लगाएकताका विषयमा सहजिरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख झाले दोलखा जिल्लाले कोरोना विषयमा गरेका गतिविधि, स्थानिय सरकारले गर्नुपर्ने कामको विषयमा छलफल गर्नुभएको थियो ।
तामाकोशी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख झाले विश्वमा त्रास फैलाएको कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारको लागि सदरमुकाम चरिकोटमा ८ बेड क्षमताको कोरोना आइसोलेसन कक्ष निर्माण गरिने जानकारी दिनु भयो । कार्यक्रम मार्फत तामाकोशी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रको संयोजकत्वमा ९ सदस्या टोलि गठन गरिएको छ । टोलिले माहामरीलाई केन्द्रमा राखेर काम गर्ने बताइएको छ । टोलिको पहिलो बैठकले एसइइ परिक्षा संचालित तामाकोशी गाउँपालिकाको एक मात्र परिक्षा केन्द्र खिम्ती प्रोजेक्ट स्कुलमा हेल्प डेक्स संचालन गर्ने संयोजक अरुण कुमार मिश्रले जानकारी दिनु भयो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, तामाकोशी गाउँपालिकका गाउँकार्यपालिकाका कार्यकारी अधिकृत विज्ञान कोइरल, कर्मचारी, पालिका भित्रका स्वास्थ्य कार्मीलागएको उपस्थिति रहेको थियो ।