प्रभु जिरेल
चरिकोट , २९ फागुन
डिभिजन बन कार्यालय दोलखाको डिभिजन बन अधिकृत शान्तमाया श्रेष्ठलाई आज अख्तियर दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
अख्तियरको टोलिले श्रेष्ठलाई नगद दुई लाख तीन हजार सहित भक्तपुरको गठ्ठाघरबाट सहित नियन्त्रणमा लिएको छ । बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखाबाट काठमाडौं गएका श्रेष्ठलाई भक्तपुरबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । उनी सवार गाडीमा कार्यालय सहयोगी र उनका परिवार सहित रहेको अख्तियार स्रोतले बताएको छ ।