दर्पण संवाददाता
चरिकोट, फागुण २८
दोलखा जिल्लाको चरकोटमा रहेको एक मात्र मन्टेश्वरी एपेक्स स्कुलमा पहिलो पटक कागजको कम प्रयोग गर्ने उदेश्यले स्मार्ट प्रवेश कार्डको प्रयोग गर्ने भएको छ ।
विश्व मा कागज धेरै खपत गर्ने संस्था मध्य स्कूल पनि एउटा हो । त्यही माथि मन्टेश्वरी विधि मा कागजको धेरै प्रयोग हुन्छ, वातावण सम्बन्धी प्रभाव ध्यानमा राखी सकिने ठाउँमा कागज लाई काम प्रयोग गर्ने उद्देश्यले दोलखामा नै पहिलो पटक स्मार्ट प्रवेश कार्ड को प्रयोग गरिने भएको छ । विद्यार्थी तथा अविभावकलाई मध्यनजर गरी बातावरण मैत्री कार्डको सुरुवात गरिएको स्कुलका संचालक नसिव कायस्थले बताउनु भयो । यो कार्डको प्रयोगले विधार्थीहरुलाई कागजको प्रयोज कम गर्नु पर्ने र वारम्वार छाप्नु नपर्ने र एक पटक प्रयोग गरिएको लाई पुन प्रयोग गर्न सकिने छ । कार्यमा क्यिू आर कोर्ड र यूनिक स्याम्वोल नम्वर रखिएको छ र त्यसैको आधारमा विधार्थीहरुको सवै विवरण कम्प्युटरमा रेकर्ड गर्न सकिने अध्यक्ष कायस्थले बताउनु भयो ।

प्ले ग्रुप देखि पाँच कक्षा सम्म संचालन भई रहेका यस मन्टेश्वरी एपेक्स स्कुलमा लागु गरिएको यो कार्डले विधार्थीहरुलाई सुचना र प्रविधी संग परिचित गराउनुका साथै वातावरण प्रदुषण कम हुने र प्रयोग गर्न सजिलो हुने कायस्थले बताउनु भयो । विधार्थीहरुको परिक्षा सकिए पछि पुन सोहि कार्ड अर्को परीक्षा को लागि प्रयोग गर्न सकिने छ । परीक्षा शुल्क नलाग्ने जानकारी दिँदै स्कुलले आम विधार्थीहरुलाई मध्यनजर गरी यो स्मार्ट कार्ड निशुल्क रुपमा उपलब्ध गराउने जनाएको गरिएको छ । मण्टेश्वरी अध्यनका लागि धेरै कागजको प्रयोग हुने भएता पनि आगमी दिनमा समेत डिजिटल प्रविधिको प्रयोग गरी कागज प्रयोगमा ९० प्रतिशत कमि गरिने स्कुलले जनाएको छ ।
