दोलखाको घ्याङसुकाठोकरमा विवाह मन्डप वाटै रोकियो वाल विवाह

दर्पण संवाददाता
चरिकोट, २७ फागुण

दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर ३ ध्याङ भस्मेमा गैर कानुनी रुपमा हुन लागेको बाल विवाह प्रहरीको सक्रियतामा आज रोकिएको छ ।

प्रहरीले विशेष सुराकीको आधारमा मेलुङ वडा नम्वर ३ मा आज भई रहेको विहेको मण्डपमानै पुगेर १८ वर्षिय किसोरी संग हुन लागेको विवाह रोकेको छ । मेलुङकै वडा नम्वर ४ भेडपुका ललितबहादुर थापाका २३ वर्षिय छोरा विवेक थापाले परम्परागत रुपमा लगान गाँठो कसेर रित बहादुर कार्कीको १८ बषिय छोरीलाई घर भित्राउनका लागि तयारी गरि रहेका थिए । विशेष सुराकीको आधारमा कम उमेरमा नै बाल विवाह गराउन लागेको भन्ने सुचनाको आधारमा प्रहरी धमाधम विवाह भई रहेको स्थालमा पुगी सोघखोज गर्दा किसोरीको उमेर नुपेको पाइएकाले विवाह रोकिएको दोलखा प्रहरी प्रमुख रेवती रमण पोखरलेलले बताउनु भयो ।

बालविबाह भन्ने जनाकारी पाए पछि दुवै पक्षलाई राखी उमेर पुगे पछि मात्र विबाह गराउने गरी कागज फिर्ता गरिएको वडा अध्यक्ष हिरा थोकरले जानकारी दिनुभयो । दोलखाको प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले मुलुकी अपराध संहिता २०७४ ले तोकेको कानुन विपरित हुन लागेको विवाह रोक्नु परेको बताउनु भयो । प्रचलित कानुन अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० बर्ष हुनु पर्ने प्रावधान रहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७३ अनुसार २० बर्षको उमेर नपुगी बिबाह गरे गराएमा ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको । बिबाह सम्बन्धी सम्पूर्ण प्रकृया रोकी जन्ती समेत फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।