हार्डवयर तथा मर्मत सम्बन्धी पाँच दिने तालिम तामाकोशी गाउँपालिकामा सुरु

पुस्कर महत,
फागुन १९ जफे,
दोलखाको तामाकोशी गाउँपालिकाले कम्प्युटर हार्डवयर तथा मर्मत सम्बन्धी छ दिने तालिम सञ्चालन गरेको छ ।

गाउँपालिकाले डिजिटल नेपाल विकास र समृद्धिको आधारू भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपालिका भित्र रहेका विद्यालय, सहकरी तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी तालिम आयोजना गरेको हो । सामान्य प्राविधिक समस्या आउँदा पनि साधारण सिपको अभावले प्रविधिको सदुपयोग हुन नपाईरहेको भन्दै हार्डवयर सम्बन्धी सामान्य मर्मत सिपको विकास गराउने उदेश्यले तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले जानकारी दिनुभयो ।

तालिममा प्रविधिको प्रयोग गरी अध्यापन हुने, कम्प्यूटर विषय शिक्षण गर्ने विद्यालयका सम्बन्धित विषय शिक्षक, कम्प्यूटराईज प्रणालिको विकास भएका सहकारीका कर्मचारीहरुर गाउँ कार्यपालिका कार्यालय मातहतमा कम्प्यूटर सम्बन्धी कार्य गर्ने कर्मचारीहरुलाई सहभागी गराइएको छ । आजबाट सुरु भएको तालिम शुक्रवार सम्म चल्ने जनाइएको छ । तालिमको सहजिकरण सूचना प्रविधि विशेषज्ञ नविन चौधरीले गर्ने गाउँपालिकाले जनाएको छ ।