नेपाल घरेलु तथा साना उद्योग महासंघ जिरी शाखाको अध्यक्षमा भिम प्रसाद दहाल चयन

दर्पण संवाददाता
जिरी , १० फाल्गुन
दोलखाको जिरी नगरपालिकामा नेपाल घरेलु तथा साना उधोग महासंघ को शाखा अध्यक्षमा भिम प्रसाद दहाल सर्व सम्मत चयन हुनुभएको छ ।

दोलखा जिल्ला शाखाले जिल्लाको सवै स्थायिन तहमा पालिका स्तरिय कमिटि गठन गर्ने अभियान अन्र्तगत आज जिरीमा आयोजना गरिएको एक कार्यक्रमका विच भिम प्रसाद दहालको अध्यक्षतामा १५सदस्यीयको स्थानिय कमिटि गठन गरेको छ । कमिटीका वरिष्ठ उपाध्यक्षमा पासाङ रेन्जी सेर्पा, उपाध्यक्षमा शेर वहादुर श्रेष्ठ, सचिवमा कमल जिरेल, कोपाध्यक्षमा भेष बहादुर खड्का र सदस्यहरुमा उद्धब जिरेल लोक बहादुर जिरेल मिठुमा जिरेल टासी सेर्पा आङनिमा शेर्पा लगाएत रहनु भएको छ ।

दोलखाको पर्यटकीय नगरी जिरीमा आज आयोजना गरेको कार्यक्रममा जिरीका घरेलु तथा साना उद्योग सम्बन्धी उद्योगहरु संचालन गरी रहेका करिव ६० जना उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी तथा जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले उद्यमीहरुका लागि नगरपालिकाको समेत विभिन्न शिर्षकमा अनुदानको व्यवस्था भएका कारण हरेक नगरवासीहरु उत्पादनको क्षेत्रमा लाग्नका लागी आग्रह गर्नु भयो । उद्यमीहरुको हरेक उत्पादनले नगरपालिकाको आर्गनीक अभियानलाई समेत सहयोग पुग्ने उहाँले बताउनु भयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दोलखाका अध्यक्ष जंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिरी नगर अध्यक्ष नविन जिरेल, जिरी नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष पदेमान जिरेल, युवा संजाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्का, संचारकमी तथा जिरीका उद्यमीहरुको सहभागिता रहेको थियो ।  दोलखाको प्रत्येक स्थानिय तहमा घरेलु तथा साना उधोग महासंघको गठन गर्ने योजनाका साथ दोलखाको गौरिशंकर गाउँपालिका र विगु गाँपालिकामा कमिटि गठन गरि सकिएको र आज जिरी नगरपालिकामा कमिटी गठन गरेको महासंघ जिल्ला शाखा दोलखाका सचिव धुव्र वस्नेतले बताउनु भयो ।