नेपाल घरेलु तथा साना उद्योग महासंघको विगुमा यमलालको अध्यक्षतामा कमिटी गठन

दर्पण संवाददाता
सिंगटी , ८ फाल्गुन
नेपाल घरेलु तथा साना उधोग महासंघदोलखा जिल्ला शाखाले जिल्लाको सवै स्थायिन तहमा पालिका स्तरिय कमिटि गठन गर्ने अभियान अन्र्तगत आज विगु गाउँपालिकामा पालिका स्थानिय कमिटि गठन गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दोलखाले विगु गाउँपालिकामा यमलाल विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
कमिटीका वरिष्ठ उपाध्यक्षमा रामचन्द्र खड्का, उपाध्यक्षमा डवल विक, सचिवमा कर्मछीरी शेर्पा, कोपाध्यक्षमा श्यामकला पोखरेल र सदस्यहरुमा दिल कृष्ण मल्ला, दिल व श्रेष्ठ, सात वहादुर सेर्पा, सुनिता थामी लगाएत रहनु भएको छ । दोलखाको विगु गाउँपालिका स्थिीत सिंगटीमा नेपाल घरेलु तथा साना उद्योग महासंघ दोलखाका अध्यक्ष जंग गुरुङको उपस्थीतिमा भएको कार्यक्रममा सो कमिटि गठन गरिएको हो ।

दोलखाको प्रत्येक स्थानिय तहमा घरेलु तथा साना उधोग महासंघको गठन गर्ने योजनाका साथ आज पहिलोपटक गौरिसंकर गाउपालिका सुरिमा कमिटि गठन गरि सकिएको र आज विगु गाउँपालिकामा कमिटी गठन गरेको महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जंग गुरुङ्ले बताउनु भयो ।  पहिलो चरणमा गौरिशंकर गाउपालिकाबाट कमिटी निर्माणको अभियान सुरु भएको र फल्गुन १३ गते सम्म दोलखाको सबै स्थानिय तहमा कमिटी निर्माण गरि सक्ने गुरुङले बताउनु भयो ।