सेना दिवसको अवसरमा आयोजित भलिबल प्रतियोगिताको ट्रफी जिल्ला बासीलाई

दर्पण संवाददाता
चरिकोट, ७ फागुण

दोलखामा रहेको तारा दल गणले सेना दिवसको अवसरमा आयोजना गरेको भलिवल प्रतियोगिताको ट्रफि दोलखा जिल्ला वासीले हात पारेको छ ।

तारादल गण चरिकोटमा आज भएको राष्ट्रसेवक कर्मचारी र जिल्लावासी विच भएको मैत्रीपुर्ण भलिवल प्रतियोगिताको दोलखा भिमसेन ट्रफी जिल्लाबासीले हात पारेको हो । सेना दिवस २०७६ को अवसरमा तारदल गणले खेल क्षेत्रको विकास गराउने उदेश्यले भलिवल प्रतियोगिता कार्यक्रमको आयोजना गरेको थियो । प्रतियोगितामा विजयी हुने जिल्लाबासी टोलीलाई नम्वर २६ वाहिनीपति साहेक रथी सुरज वावा सुनुवारले ट्रफी प्रदान गर्नु भएको थियो ।

निजामती कर्मचारी र जिल्ला वासी विच आयोजना गरेको मैत्रीपुर्ण भलिवल प्रतियोगितामा जिल्लाबासीले निजामतीलाई ३–० सेटमा जित हाल पारेको थियो । खेलमा सहभागी खेलाडिहरुलाई तारादल गणका प्रमुख निखिल कुवाँरले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । जिल्लाबासीले हाल पारेको ट्रफि जिल्ला खेलकुल विकास समितीमा राखिएको जिल्ला खेलकुल विकास समिती दोलखाका अध्यक्ष रोहित खड्काले बताउनु भयो ।