नमुना सामुदायिक बिद्यालय क्षेत्रवती माबीको ५३ औ वार्षिक उत्सव भव्य कार्यक्रम सहित सम्पन्न

दर्पण संवाददाता
क्षेत्रपा १५ माघ
दोलखाको क्षेत्रवती माध्यमिक बिद्यालयको ५३ औं वार्षिक उत्सव तथा २३ औं अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ ।

बैत्येश्वोर गाउपालिका वडा नम्बर ८ क्षेत्रपामा रहेको दोलखा जिल्लाकै नमुना सामुदायिक बिद्यालय क्षेत्रवति माबीले बुधबार भव्य रुपमा आफ्नो ५३ औ वर्षिक उत्सब मनाएको हो । बाग्मती प्रदेश सदस्य माननीय बिशाल खड्काको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा बिद्यालय बिभिन क्षेत्रमा सहयोग गर्ने ब्याक्ती हरुलाइ सम्मान गरेको छ ।

कार्यक्रमको अबस्थामा बिभिन्न ब्यक्ति तथा संस्था हरुवाट बिद्यालयको लागी रु २,४२,५७५ नगद सहयोग जुटेको छ । जिल्ला समन्वय समिति दोलखाका सदस्य समाज सेवि बिदुर शर्माले बिद्यालयको पुस्तकालय निर्माणका लागी ५१ हजार सहयोग गर्नु भएको छ । साथै ताराकुमार खड्का र उहाँको धर्मपत्नी तथा विव्यस सदस्य लक्ष्मी खड्काले १,२१,००० प्रदान गर्नुका साथै अब छिट्टै पाच लाखको अक्षय कोष स्थापना गर्ने उद्घोष गर्नु भयो । तेस्तै नेकपाका युवा नेता समाजसेवि तक्त बहादुर जिरेलले पिता स्व. गोरेमान जिरेलको स्मृतिमा १ लाखको अक्षय कोष स्थापना गर्नु भएको छ । स्वर्गीय कृष्णबहादुर सार्कीका ३ जना असहाय नानीहरूको अभिभावकत्व ग्रहण गर्दै पुष्कर अधिकारी भरतकुमार श्रेष्ठ र शान्तवहादुर जिरेलद्वाराबर्ष भरिको पठनपाठन खर्च स्वरुप विद्यालयलाइ २५ हजार प्रदान गर्नु भएको छ ।

बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष राम बहादुर श्रेष्ठ को अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबू श्रेष्ठको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका सदस्य बिदुर शर्मा, वडा अध्यक्ष रमेशकुमार अधिकारी, पत्रकार लक्ष्मण खड्का , नेपाली काङ्ग्रेसका युवा नेता श्री ताराकुमार खड्का , नेकपाका युवा नेता तक्त जिरेल, शि अ सङ्घ का अध्यक्ष तथा सफल युवा व्यवासायी पुष्कर अधिकारी, हनुमन्तेस्वर माविका सहायक प्र अ सिताराम दहाल, धर्मशाला आविका प्र अ डम्बर खड्का र जनसचेतन साकोसका प्रवन्धक श्री नवराज दहालले शुभकामना मन्तव्य दिनुभएको थियो।