दर्पण संवाददाता
मैनापोखरी, १४ माघ
सामुदायिक बिद्यालय ब्यवस्थापन समिती महासंघ बैत्येश्वोर गाउपालिकाको अध्यक्षमा शान्त बहादुर जिरेल चयन हुनु भएको छ ।
बैतेश्वोर गाउपालिकाको सामुदायिक बिद्यालय का बिद्यालय ब्यवस्थापन समितिको आज बसेको भेलाले यवो प्राविका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शान्त बहादुर जिरेलको अध्यक्षता मा ९ सदस्यीय गाउपालिका स्तरीय बिधालय ब्यवस्थापन समिती महासंघ गठन गरेको हो । समितिको उपाध्यक्षमा देबि तामाङ , सचीवमा दुर्गा बहादुर खड्का , कोषाध्यक्षमा चन्द्र भण्डारी , सदस्यहरुमा अटो प्रसाद घिमिरे, हेम बहादुर बस्नेत, गनेश बहादुर श्रेष्ठले , निर्मला खड्का र कृष्ण बहादुर राउत चयन हुनु भएको छ ।

दोलखाको बैत्येश्वोर गाउपालिका वडा नम्बर ८ को क्षेत्रवती माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षता मा भएको कार्यक्रममा बागमती प्रदेशका कोषाध्यक्ष मिना उप्रेती सदस्य पार्वती खड्का लगाएतको सहभागिता रहेको थियो ।
