दर्पण संवाददाता
चरिकोट, पौष १०
दोलखाको विगु गाउँपालिका वडा न ८ खोपाचागुकी एक गम्भिर सुत्केरी महिलाको हेलिकप्टर मार्फत आज उद्धार गरिएको छ ।
विगु गाउँपालिका वडा नम्वर ८ का १७ बर्षिय सुस्मा श्रेष्ठलाई सुत्केरी वेथा लागेको लामो समय पछि जटिल अवस्थामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पहलमा हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ लगिएको छ । सुत्केरी वेथा लागेको लामो समय सम्म पनि बच्चा नजन्मीए पछि श्रेष्ठलाई खोपाचागु स्वास्थ्य चौकीले आज विहान प्रस्तावित चरिकोट अस्पातलमा रिफर गरिएको थियो । एम्वुलेन्समा आज विहान ८ बजे प्रस्तावित चरिकोट अस्पतालमा आई पुगेका विरामीको अवस्था चिन्ताजनक रहेको भन्दै विहान ८ः३० मा सल्यक्रिया गरिएको थियो । वेथा लागेको लामो समय भई सकेको र बच्चा अड्कीएको कारण आमा र वच्चा दुवैलाई खतरा हुने भएकाले तत्कालै अप्रेशन गरि वच्चा निकालिएको डा. विनोद डंगालले बताउनु भयो । अप्रेसन पछि सुत्केरीको स्वासप्रस्वासको गति वढेको र आइ सियूमा राखी थप उपचार गर्नु पर्ने र चरिकोटमा आइसियू नभएकाले तत्काल हेलिकप्टर मार्फत काठमाण्डौ रिफर गरिएको डाक्टर डंगोलले बताउनु भयो ।
सुत्केरी महिलालाई तत्काल काठमाण्डौ लगि उपचार गर्नु पर्ने भए पश्चात महिला तथा बालबालिका मन्त्रि पार्वत गुरुङले तत्काल उद्धारको लागि हेलिकप्टर उपलब्ध गराउनु भएको थियो । सुत्केरी वेथा लाग्ने विभिन्न चरण अनुसार लामो समय सम्म वच्चा नजन्मीदा आमा र बच्चा दुवैको लागि खतरा हुन सक्ने भएको र अप्रेसन गरि वच्चा निकाली सुत्केरी महिलालाई काठमाण्डौ रिफर गरिएको डा डंगोलले बताउनु भयो । अप्रेसन गरि निकालिएको वच्चाको अवस्था भने सामान्य रहेको छ ।