पवटीमा आयोजित सुन्तला महोत्सब सम्पन्न, हजारौले गरे अबलोकण

दर्पण संवाददाता
पवटी २९ मंसिर

दोलखाको पवटीमा आयोजना गरेको दुइदिने सुन्तला महोत्सब आज सम्पन्न भएको छ ।

मेलुङ गाउपालिकाको आयोजनामा दोलखाको पवटीमा शनिवारबाट सुरुभएको दुई दिने सुन्तला महोत्सवको आयोजना गरेको हो । दोलखाको मेलुङ गाउपालिकामा सुन्तला उत्पादनमा वृद्धि गर्ने र उत्पादित सुन्तलालाइ बजारिकरण गर्ने उदेश्यले महोत्सवको आयोजना गरेको गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो ।

स्वस्थ एवं गुणस्तरीय विरुवा व्यवस्थापन, बगैचा ह्रास व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, रोग किरा व्यवस्थापन तथा नियन्त्रण गर्न सुन्तला बचाउ अभियान सञ्चालन गर्ने उद्धेश्यका रहेको नर बहादुर श्रेष्ठले बताउनु भयो । मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठकोअध्यक्षतामा सम्पन्न भएको मेलुङ सुन्तला महोत्सव समापन समारोहमा दोलखा प्रदेश सभा सदस्य विशाल खड्का, मेलुङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हिरा थोकर, वडा नम्बर १ का अध्यक्ष इश्वर कोइराला, वडा नम्बर ७ का अध्यक्ष नवराज खड्का लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दोलखाको मेलुङ गाउपालिकामा वर्षिक २ करोडको सुन्तला उत्पादन हुदै आएको छ । महोत्सब हजारौंले अबलोकन गरेका छ्न ।