राष्ट्रिय युवा संघ दोलखाद्धारा आयोजना गरेको रक्तदानमा ७० जनाले गरे रक्तदान

दर्पण संवाददाता
चरिकोट, २६ मंसिर

राष्ट्रिय युवा संघ दोलखा जिल्लाले चरिकोटमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको छ ।

नेपाल कम्यूनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघले एकता पछि जिल्लामा पहिलोपटक आयोजना गरेको खुल्ल रक्तदान कार्यक्रममा जिल्लाका ७० जना नेता तथा कार्यकर्ताहरुले रक्तदान गरेको युवा संघका संयोजक धिरज सुवेदीले जानकारी दिनुभयो । पार्टी एकता पछि बनेको राष्ट्रिय युवा संघको जिल्ला संयोजक र सह संयोजक चयन पश्चात जिल्लामा पहिलोपटक रक्तदान जस्तो पवित्र कार्यक्रमबाट कार्यक्रमको सुरुवात गरेको युवा संघ दोलखाले जनाएको छ । कार्यक्रममा नेकपाका तिन नम्वर प्रदेश सचिव आनन्द प्रसाद पोखरेल, जिल्ला इन्चार्ज देवी खड्का, पार्टी अध्यक्ष इश्वर चन्द्र पोखरेल लगाएत नेता तथा कार्यकर्ताहरुको सहयागिता रहेको थियो । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले सहजिकरण गरेको थियो ।