सडक अलपत्र पारेको भन्दै ठेकेदार विरुद्ध सिटि फुक्दै निस्किए नागरिक सडकमा

दर्पण संवाददाता ।
मङ्सिर ७ चरिकोट

लामोसांघु देखि चरिकोट सम्मको सडक निर्माणको माग गर्दै चरिकोटमा दोलखाका नागरिकहरुले सिटि जुलुस निकालेका छ्न ।

निर्माण कम्पनीले लापरबाही गरि सडक अलपत्र पारेको र आम नागरिकहरुले दुख भोग्नु परेको भन्दै सिटि फुक्दै ठेकेदारको बिरोध गरेका छ्न । सडक निर्माणको माग गर्दै दोलखाका नागरिकहरुले चरणबद्व आन्दोलन गर्दै आएका छ । यस अघि पनि ठेकेदारको फोटो सावजनिक स्थलमा टास्ने, मानव साङ्लो बनाउने जस्ता बिरोधका कार्यक्रमहरु गर्दै आएका छ्न ।

सडक निर्माण गर्नुपपर्ने समय सकिसकेको र सडक निर्माण गर्न पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरेको कारण आम नागरिकहरु बाध्य भएर आन्दोलन गर्नु परेको नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामाले बताउनु भयो । नागरिक समाजका अगुवा चिरन्जिवि मास्केले ठेकेदार कम्पनीलाई सम्झौता अनुसार तत्काल काम संचालन गर्नका लागि आग्रह गर्नुहुदै नागरिकले उसै न छाड्ने र कानुनी प्रक्रियामा जाने बताउनु भयो ।

सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोटसम्म ५५ किलोमिटर सडक विस्तारमा निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै आयोजनाले दैनिक हर्जना तिर्दै आएको छ । २ प्याकेजमा सडक विस्तार सुरुगरेको लामोसमय बितिसक्दा पनि सडक बिस्तार नभएपछि स्थानीय आक्रोशित बनेका छन्। पहिलो प्याकेजको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ।

पहिलो प्याकेज खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर र दोस्रो प्याकेज मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर सडक रहेको छ ।