दर्पन संवाददाता
कार्तिक २९ चरिकोट
शिक्षक सेवा आयोगबाट प्राथमिक तहमा स्थायी नियुक्तिका लागि दोलखा जिल्लामा सिफारिस भएका शिक्षकहरुलाइ आज स्थायी नियुक्ती प्रदान गरेको छ ।
नियुक्तिका लागि सिफारिस हुनुभएका १८५ जना शिक्षकहरुलाइ आज चरिकोटमा एक कार्यक्रमको आयोजना गरि स्थायी नियुक्ति तथा सपथ ग्रहण गराइएको हो । शिक्षा बिकास तथा समन्वय इकाई दोलखा र जिल्ला शिक्षा समिती दोलखाले कार्यक्रमको आयोजना गरि दोलखाको नै ओटै स्थानीय तहका विभिन्न बिधालयहरुमा सिफारिस गरेको हो ।

जिल्ला शिक्षा समिती दोलखाका अध्यक्ष एबम जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पान्डेको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाका प्रतिनिधि सभा सदस्य पार्बत गुरुङले नियुक्ति पत्र हस्तान्तरण गर्नु हुँदै सबै शिक्षकहरुलाइ प्रतिबद्ध भएर शिक्षण पेशामा लाग्नका लागि आग्रह गर्नु भयो । कार्यक्रममा जिरी शिक्षक महासंघका अध्यक्ष पदम जिरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, भिमेश्वोर नगरपालिकाका उपप्रमुख कमला बस्नेत , जिरी नगरपालिकाका प्रमुख टंक जिरेल लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
