दर्पण संवाददाता
चरिकोट, ६ कार्तिक
दोलखा जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा अध्यक्ष गर्ने गरिव तथा जेहेन्दार विधार्थीहरुलाई पे्रम पुर्ण प्रताप फउण्डेशन नेपाल दोलखाले छात्रवृती वितरण गरेको छ ।
फउण्डेशनले आज चरिकोटमा एक कार्यक्रमको आयोजना गरी जिल्लाका ५ जना विधार्थीहरुलाई नगद छात्रवृती वितरण गरेको हो । दोलखाको ऐतिहाँसीक शहर दोलखा बाजारमा रहेको भिम माध्यमीक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रोशन योगीलाई छात्रवृत्ति स्वरुप ३० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यसै गरि सोहि विद्यालयमा कक्षा ६ मा अध्ययनरत निरुता पाठक, सञ्जिला थामीलाई नगद सात सात हजार रुपैयाँ छात्रवृती प्रदान गरिएको छ ।
राजकुलेश्वर आधारभुत विद्यालय भिनपा २ मा अध्ययनरत नम्रता शिवाकोटी, बलम्वु आधारभुत विद्यालय कालिन्चोक गाउँपालिका वडा नं ६ मा कक्षा ८ मा अध्ययनरत टिकाराम थामीलाई पनि नगद ७÷७ हजार रुपैयाँका दरले छात्रवृती प्रदान गरिएको छ । यस अघि वैत्यश्वर गाउँपालिकामा रहेको क्षत्रावती माध्यमीक विद्यालयमा अध्ययनरत करिना मिजार, रञ्जिता विक र निकेश दासलाई नगद ७ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरि सकिएको छ ।
प्रेम–पुर्ण–प्रताप फाउण्डेशन नेपाल दोलखाले जिल्लाको सामुदायिक विद्यालयमा अध्यन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीलाई अध्यन गर्नको लागि सहज होस भन्ने उदेश्यले छात्रवृत्ति वितरण गरेको फउण्डेशनका सचिव लक्ष्मण थामीले बताउनु भयो । विधालय संगको सहकार्यमा जेहेन्दार विधाथीहरुका लागि प्रत्येक वर्ष छात्रवृती रकम उपलब्ध गाउदै जानेसमेत सचिव थामीले बताउनु भयो ।
फाउण्डेशनकी उपाध्यक्ष शान्ति श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेकपा दोलखाका सचिव गापाल पाण्डे, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, नेकपा दोलखाकी नेता रिता रिमाल, सञ्चारिका समुह प्रदेश ३ कि सदस्य गायत्री आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
