साङकेतिक भाषा सिकाउदै गौरीशंकर सामुदायिक पुस्तकालय

चरिकोट, असोज ३०

दोलखाको चरिकोटमा रहेको गौरिशंकर सामुदायिक पुस्तकालयले सर्वसाधरण लाई साङकेतीक भाषा सिकाउन सुरु गरेको छ ।

गौरिशंकर सामुदायिक पुस्तकालयले विभिन्न क्षेत्रका २३ जना प्रतिनिधीहरुको सहभागिता गराई विहिवार देखि साङकेतिक भाषा सिकाउन सुरु गरेको हो । समुदायमा अन्यले साङकेतिक भाषा नबुझदा कान नसुन्ने अपाङगहरुलाई विभिन्न कार्यालय समुदायहरुमा समस्या हुने गरेको र विपदको समयमा समय साङकेतीक भाषाको माध्यमबाट उनिहरु संग कुरा गर्न सकयोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको गौरिशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतले बताउनु भयो । पाँच दिन सम्म सिकाइने साङकेतीक भाषा सिक्नका लागि दोलखा जिल्ला स्थिति सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधी, समुदाय र अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको छ ।

दोलखा जिल्लामा साङकेतीक भाषाको प्रयोग गर्ने अपाङगताहरु धेरै भएता पनी अन्य नागरीकहरुलाई साङकेतीक भाषाको सामान्य जानकारी समेत नहुँदा उनिहरुले सरकारी कार्यालय तथा बजार समुदायमा समस्या खेप्दै आएका छन् । उनिहरु संग अन्य सामान्य नागरिकले समेत साङकेतीक भाषाको माध्यमबाट कुरा गर्न सहज होस भन्ने उदेश्यले समुदायमा आधारीत विपद जोखिम न्यूनिकरण परियोजना संग सहकार्य गरी कार्यक्रमको आयोजना गरिएको अध्यक्ष वस्तेतले बताउनु भयो ।

दोलखाको चरिकोटमा रहेको गौरिशंकर सामुदायिक पुस्तकालयले जनचेतना तथा विपद व्यवस्थापनको क्षेत्रमा विभिन्न कार्यक्महरु संचालग गर्दै आएको छ ।