जनजागरण साकोसको २१ औ बार्षिक साधारण सभा सम्पन्न

प्रविण कुमार खतिवडा
असोज २६, मिर्गे

दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नम्वर ३ मिर्गे स्थित जनजागरण बचत तथा ऋण सहकारी संस्था लि को २१ औ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष पवन प्रसाद दहालको अध्यक्षता तथा वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतामा भएको साधरणसभा मा संस्थाका सचिब रमेश प्रसाद दहालले सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष पुस्कर कुमार दहालले संस्थाको कुल १२ करोड ३२ लाख ९७ हजार ५ सय ९८ बराबरको आर्थिक प्रतिबेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक सोम प्रसाद घिमिरेले लेखा प्रतिवेदन, ऋण उपसमितिका सदस्य केशव प्रसाद दहालले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले विभिन्न ९ प्रकारको बचत सेवाहरु प्रदान गर्दै १५ वटा विभिन्न शिर्षकमा ऋण लगानी गर्दै आएको छ । संस्थाले बार्षिक साधारणसभाको अवसरमा जेष्ठ सदस्य, असल ऋणी, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट उद्यमी, उत्कृष्ट कर्मचारी, SEE  तथा 10+2 उत्कृष्ट छात्रछात्रा लगायतका विधामा आफ्ना शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, उपाध्यक्ष रविचन्द्र आचार्य, वैतेश्वर गाउँपािलका वडा नम्वर ३ का वडा अध्यक्ष कृष्ण बहादुर दहाल, जिल्ला सहकारी संघका संचालक सदस्य नविनकुमार खतिवडा, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य तेन्जिङ शेर्पा, जनमुखि साकोसका अध्यक्ष सिताराम दहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वैतेश्वर गाउँपालिका भरलाई आफ्नो कार्यक्षेत्र बनाउदै आएको संस्थामा हाल ३ हजार ८ सय २२ जना शेयर सदस्य रहेका छन ।