जिल्लाकै सवै भन्दा ठुलो सहकारी जनसचेतद्धारा शुभकामना आदनप्रदान तथा चियापान सम्पन्न

दर्पण संवाददाता
मैनापोखरी १५ असोज
दोलखा जिल्लाको सवै भन्दा ठुलो सहकारी जनसचेतन वचत तथा ऋण सहकारी संस्था लि ले संस्थाका श्येर सदस्यहरु संगै विजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदनप्रदान कार्यंक्रम सम्पन्न गरेको छ ।

सहकारीले आज मुख्य कार्यलय मैनापोखरीमा श्येर सदस्य, जनप्रतिनिधी, राजनीतिकर्मी, समाजसेवि, सहकारी कर्मी, विद्यालय, वित्तीय संस्था र विभिन्न पेशा र व्यवसायमा संलग्न व्यतित्वहरुको उपस्थितीमासदस्यहरुको उपस्थितीमा वडा दशै तथा तिहारको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाको तर्फबाट स्वागत तथा शुभकामना मन्तव्य राख्नुहुँदै संस्थाका उपाध्यक्ष हेमन्त चौंलागाईले संस्थाले २६ वर्षको दौरानमा १४० करोड पँुजी परिचालन गरी दोलखा जिल्लाभर २८ हजार सदस्य हरु माझ मूख्य कार्यालय सहित १३ वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको र दोलखा जिल्लाको दूर दराजमा रहेका वित्तीय पहुँच नपुगेका जनताहरुलाई सेवा पु¥याउनका लागि तत्काल ५ वटा थप सेवा केन्द्र विस्तार गरी सेवाप्रदान गर्ने कुराको जानकारी गराउनु भयो ।

संस्थाका अध्यक्ष भिम प्रसाद दहालको अ्रध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको तर्फबाट हनुमन्तेश्वर मा. वि. का प्रधानध्यापक गोपालध्वज श्रेष्ठ, शेयर सदस्यहरुको तर्फबाट बरिष्ट गितकार रमेश दहाल, पहाडी बाली विकास कार्यक्रमका हरिहर न्यौपाने, नेकपा दोलखाका नेताद्धय ऋषिकेश उप्रेती र माधव प्रसाद दहाल तथा बैतेश्वर वडा नं. ४ र ५ का वडाध्यक्ष क्रमशः कुमार चौंलागाई र माधबबहादुर बस्नेत समेतले आर्थिक आधार नभएको ठाँउमा सहकारीको स्थापना गरी यस क्षेत्रका आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै सहभागी माझ निमुखा जनताको सहारा भएकोमा खुशि व्यक्त गर्दै जनसचेतन साकोस जिल्लकै अभिभावक संस्था भएको हुनाले यहि संस्थाले सरकारले सञ्चालन गरेको सहकारी एकिकरणको अभियानको नेतृत्व गर्नुपर्ने सुझाव सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।