लामोसाँघु–चरिकोट सडक निर्माणमा ढिलाई हुँदा दोलखा भित्रिने पर्यटकको संख्यामा कमी

प्रभु जिरेल
चरिकोट, २७ भाद्र

लामोसाँघु जिरी सडक खण्ड अन्र्तगत लामोसंघु चरिकोट सडक समयमा काम सम्पन्न नहुँदा पर्यटकीय जिल्ला दोलखामा आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल कम हुँदै गएको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको हिमाली जिल्ला दोलखा जोडने एक मात्र सडक लामोसंघु चरिकोट सडक खण्ड ठेकेदारले समयमा काम नगर्दा पर्याटकको संख्यामा कमी आएको हो । राजधानी काठमाण्डौ बाट नजिकै १३१ किलोमिटरको दुरीमा रहेको रमणीय जिल्ला पर्यटकहरुको रोजाइको केन्द्र वन्दै गई रहेको अवस्थमा निर्माण कम्पनीले सडक अलपत्र पारेर छाडदा जिल्ला भित्रिने पर्यटकहरु सास्ती खेप्न वाध्य बनेका छन् ।

दोलखा जिल्ला पछिल्लो समय धार्मिक तथा हिमाली क्षेत्रको अध्ययन अवलोकनको लागि पर्यटकहरुको गन्तव्यको रुपमा विकास भई रहेको छ । चर्चित भिमेश्वर मन्दिर, कालिन्चोक भगवती, महाङकाल मन्दिर लगाएतका धार्मीक क्षेत्रहरुमा दैनिक हजारौको संख्यामा धार्मिक पर्यटकहरु आउने गरेकोमा सडककै कारण पर्यटकहरुको संख्यामा कमी आएको पर्यटन व्यवसायी दावा लामाले बताउनु भयो । विभिन्न मठमन्दिर को दर्शन, राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविधुत आयोजना, निर्माणधिन चलचित्र नगरी, गैरिशंकर संरक्षण क्षेत्रको भ्रमण, वैद्ध धर्मलम्वीहरु लप्चीमा तपस्या, चर्चित जिरी वजारको अवलोकण, गौरिशंकर हिमाल लगएत क्षेत्रहरुको भ्रमण गर्नका लागि पर्यटकहरु जिल्ला भित्रिने गरेका छन् ।

जिल्लालाई पर्याटकीय गन्तव्यको रुपमा विकास गर्न जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ वटै स्थानिय तहले पर्यटनलाई विशेष प्राथमिकतामा राखी वजेट विनियोजन गरेको छ । प्रदेश सरकारले समेत रमणिय जिल्ला दोलखालाई तिन नम्वर प्रदेशको पर्यटकीय जिल्लाको रुपमा विकास गर्न विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । जिल्लाको उत्तरी हिमाली क्षेत्रहरुमा पर्यटकहरुको लागि विभिन्न क्षेत्रमा पैदल मार्ग निर्माण गर्नका लागि केन्दीय सरकारले समते वजेट विनियोजन गरेको छ ।

पर्यटकहरुलाई लक्षित गरी जिल्लामा करोडौको लगानीमा होटल तथा रिर्सोटहरु संचालनमा रहेका छन् । चरिकोट आसपामा मात्र एकैपटकमा चार हजार पर्याटकहरु वस्न सकिने गरी होटलहरु संचालनमा रहेको होटल संघ दोलखाका सचिव प्रकाश वुढाथोकिले बताउनु भयो । जिल्ला वाहिरका पर्यटकहरुका लागि लक्षित गरी करोडौको लगानीमा होटल संचालन गरेता पनी समयमा सडक निर्माण नहुँदा पर्यटकको संख्यामा कमी आएको कारण होटल व्यवसायमा प्रत्येक्ष असर परेको दिप्रशन रिर्सोटका संचालन दिपक थापाले बताउनु भयो ।

लामोसाँघु चरिकोट सडक दुई वर्षमा काम सम्पन्न गरी हस्ताण्तरण गर्ने गरी २०७२ साल भाद्र महिनामा सम्झौता भएको सडक खण्ड हाल पाँच वर्ष वितिसक्दा समेत निर्माण हुन सकेको छैन् । लामोसाँगु देखि चरिकोट सम्मको ५५ किमिको सडक दुई वर्ष भित्र डलव लेनको बनाई हस्ताणतरण गर्ने गरी जेभी दुई निर्माण कम्पनीले जिम्मा दिएका थिए । लामोसँगु देखि मुडे सम्म सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभी र मुढे देखि चरिकोट सम्म शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ति जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको थियो । दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएता पनि सडक निर्माणको जिम्मा लिएको दुवै कम्पनीले पाँच वर्ष वितिसक्दा समते निर्माण सम्पन्न नगराई विभिन्न बहानामा काम रोक्दै आएको छ ।