दर्पण संवाददात
भाद्र २४
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश थापाले २० बोरा सिमेन्ट प्रदान गर्नुभएको छ ।
थापा सदरमुकाम चरिकोटमा लामो समयदेखि हार्डवयर व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ । दोलखा उद्योग वाणिज्य संघमा समेत पटक पटक समितिमा कार्यसमितिमा रहदै आउनु भएको छ । पत्रकार महासंघले चरिकोटमा रहेका हार्डवयर व्यवसायीहरुलाई भवन निर्माणको लागि यसअघिनै प्रस्ताव गरेका थिए । महासंघको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको हुनाले सहयोगी दाताहरुलाई सहयोग गर्न आग्रह गर्दै आऐको छ । हाल महासंघको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको महासंघ दोलखाका अध्यक्ष जीवन लामाले बताउनु भयो ।