
दर्पण संवाददाता
चरिकोट, १६ भाद्र
देवदास स्मृती पत्रकारीता पुरस्कारबाट दोलखाका दुई जना पत्रकार नगद सहित पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष स्व. देवदास श्रेष्ठको नाममा स्थापना गरिएको देवदास स्मृती पत्रकारीता पुरस्कार बाट पत्रकार रमेश खतिवडा र निता राउत पुरस्कृत भएका हुन् । नेपाल पत्रकार महासंघ दोलखा शाखाले आज देवदास स्मृती सभाको अवसरमा चरिकोटमा एक कार्यक्रम गरी नगद दश दश हजार सहित पुरस्कृत गरेको हो । सम्मानित हुुनेमा नागरीक दैनिकमा कार्यरत तथा प्रेश यूनियन बागमती क्षेत्र विशेष संयोजक रमेश खतिवडा देवदास समृती पत्रकारीता पुरस्कार २०७६ बाट र सौर्य दैनिकमा कार्यरत पत्रकार निता राउत २०७५ बाट सम्मानित भएका हुन् ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष रहेका देवदस श्रेष्ठको २०६२ साल भाद्र १६ गतेका दिन हृदयघात भई निधन भएको थियो ।

पत्रकार रमेश खतिवडा र निता राउतले पुरस्कारबाट प्राप्त गरेको रकम नेपाल पत्रकार महासंघ दोलखा शाखाले निर्माण गर्न लागेको सुविधा सम्पन्न भवन निर्माणका लागि हस्ताणतरण गर्नु भएको छ । दोलखाको चरिकोट लामाचौरमा निर्माण भई रहेको सुचना केन्द्र सहितको सुबिधा सम्पन्न भवन निर्माणमा सवै क्षेत्रबाट सहयोग प्राप्त भई रहेको अवस्थामा केही सहयोग होस भन्ने उदेश्यले रकम पत्रकार महासंघका अध्यक्ष जिवन लामालाई हस्ताणतरण गरेको पुरस्कृत निता राउतले बताउनु भयो ।