नागरिकको दैनिकी वदल्ने अभियानमा सरकारले काम गरी रहेको छ – मन्त्री गोकर्ण विष्ट

दर्पण संवाददाता
चरिकोट, १३ भाद्र

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आम नागरिकहरुको दैनिक जिबन बदल्ने अभियानका साथ काम गरी रहेको बताउनु भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्रि विष्टले सरकार संग नागरिको धेरै अपेक्ष रहेको र अहिले सरकार प्रति विभिन्न आलोचना भई रहेता पनि परिणममुखी नतिजा आउनका लागि केहि समय लाग्ने भएका कारण सरकारले परिणममुखी नतिजा दिने उदेश्यले काम गरी रहेको बताउनु भयो । लामो संघर्षले विकसीत बनेका देशहरु जस्तै नेपालमा पनि तत्काल विकास होस भन्ने आम नगरीको इच्छा र चहाना स्वभाविक रहेता पनी विकासले धेरै घुम्तीहरु पार गर्नुपर्ने भएका कारण आम नागरिकको चहाना पुरा गर्न केहि समय लाग्ने बताउनु भयो ।

दोलखामा निर्माण हुने तामाकोशी तेस्रो जलविधुत आयोजना सरकारले उत्पादन क्षमता घटाएर कम क्षमतामा उत्पादन गर्न लागेको भन्दै स्थानिय स्तरमा चर्को विरोध भई रहेको वेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले क्षमता अनुसार नै निर्माण गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
जिल्ला समन्य समिती दोलखाको तेस्रो जिल्ला सभामा भाग लिन दोलखा आउनु भएका मन्त्री विष्टले सरकार प्राकृतीक स्रोत र साधनको समुचित प्रयोग गरी उत्पादनमा विशेष जोड दिई रहेको समयमा तामाकोशी तेस्रो जस्ता गौरवको आयोजनाहरु कम क्षमतामा उत्पादन गर्ने सरकारको मनसाय नभएको र कुनै आशंका नगर्नका लागि आग्रह गर्नु भएको छ । ६५० मेगावाट क्षमताको तामाकोशी तिन जलविद्युत आयोजना सरकारले क्षमता घटाएर २०० मेगावाट क्षमतामा निर्माण गर्न लागेको भन्ने हल्ला मात्र भएको र आधिकारीक रुपमा सरकारी सरकारको तर्फबाट कतै पनि सम्झौता नभएको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा दोलखा प्रतिनिधि सभा सदस्य मा पार्वत गुरुङले देशले हरेक वर्ष व्यापार घाटा व्यहोरी रहेको अवस्थामा स्थानिय तहहरु आत्म निर्भर वन्नका लागि संभाव्यता अध्यन गरी हरेका गाँउपालिक तथा नगरपालिकाले उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डेले जिल्लाको समग्र राजनैतिक, आर्थिक, पर्याटकीय, सामाजिक लगायतका विषयमा मन्त्रि विष्टलाई जानकारी गरानु भएको थियो ।

संवृद्ध दोलखाको आधार, जलस्रोत पर्यटन व्यवसायीक कृषी र पुर्वधार भन्ने नारा सहित जिल्ला समन्वय समिती दोलखाले आयोजना गरेको तेस्रो जिल्ला सभामा पुर्व मन्त्री आनन्द पोखरेलले हरेको क्षत्रमा प्रचुर संभावना बोकेको दोलखा विकासको यात्रामा अघि बढिरहेको र सवैले साथ सहयोग गरेर जानुपर्नेवेला आएको बताउनु भयो । नेपाली काङगेसका नेता केशवराज चौलागाईले लामो समय देखि दोलखामा कम्युनिष्टले नेतृत्व गरेता पनी विकासले गति लिन नसकेको र सडक निर्माण पनी अलपत्र परेका कारण दोलखा वर्षको समयमा नाकावन्दीमा पर्ने गरेकोमा सवैको ध्यानकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा पुर्व मन्त्रि तथा नेपाल कम्युनिष्ट पाटी दोलखाका इन्चार्ज देवी खड्का, प्रदेश सभा सदस्य पशुपती चौलागाई, रचना खड्का, गाउँपालिका महासंघ ३ नं प्रदेशका संयोजक इश्वर चन्द्र पोखरेल, भिमेश्वर नगरापलिका मेयर भरत बहादुर केशी लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।