ज्याकर कम्पनीको आधिकारीक डिलर अव चरिकोटमा पनि सुरु

दर्पण संवाददाता
चरिकोट, ५ भाद्र
अन्र्तराष्ट्रिय स्तरको ख्याती प्राप्त ज्याकर कम्पनीले आफ्नो ब्यवसायको विस्तार संगै आधिकारीक डिलर चरिकोटमा संचालनमा ल्याएको छ ।

धारा र लाइटको सामग्री विक्री गर्दै आएको अन्र्तराष्ट्रिय स्तरको ज्याकर कम्पनीले दोलखा जिल्लामा निर्माण भई रहेको पुन निर्माणलाई मध्यनजर गर्दै चरिकोटको गुप्तेश्वर टेड्रर्स एण्ड सप्लायर्स आधिकारीक डिलरको रुपमा सेवा विस्तार गररेको छ ।

लामो समय देखि नै दोलखा जिल्लाको विभिन्न क्षेत्रमा ज्याकर कम्पनीका सामग्रीहरु प्रयोग हुँदै आएको र धेरैले मन पराएका कारण जिल्लामा सहज तरिकाले सेवा दिनका लागि गुप्तेश्वर टे«ड एण्ड सप्लायर्समा आधिकारीक डिलरको व्यवस्था मिलाईएको कम्पनीका अर्जुन पोखरलेले बताउनु भयो ।

ज्याकर कम्पनीले किचन, वाथरुम, टवाइलेट, धारा तथा लाइट सम्बन्धीका सम्पुर्ण सामग्रीहरु उपलब्ध गराउदै आएको छ । ज्याकर कम्पनीको विश्वका ५७ ओटा देशमा सेवा दिदै आएको छ । नेपालमा पनी यो कम्पनीले १४१ डिलर मार्फत सवै ठाँउमा सेवा विस्तार गरेको छ ।